भिनिसियसको एम्बाप्पेलाई मड्रिडमा स्वागत गर्ने चाहना – Nepal Press

भिनिसियसको एम्बाप्पेलाई मड्रिडमा स्वागत गर्ने चाहना

काठमाडौं । भिनिसियर जुनियरले किलेन एम्बाप्पेलाई रियाल मड्रिडमा स्वागत गर्न चाहेको बताएका छन् । हुनत पेरिस सेन्ट जर्मन (पीएसजी) का फवार्ड एम्बाप्पेलाई टिममेटको रूपमा नचाहने कोही पनि छैनन् । तर, उनको पीएसजीसँगको सम्झौता यसै सिजनको अन्त्यमा सकिन्छ । रियाल मड्रिडले एम्बाप्पेको लागि गरेको २ सय २० मिलियन पाउन्डको बिड पीएसजीले अस्वीकार गरेको थियो ।

रियालले एम्बाप्पेलाई भित्र्याउन गरेको चाहना पीएसजीले सकारात्मकरूपमा लिइरहेको छैन । र, यसै विषयमा बोल्दै खेलकुद निर्देशक लियोनार्डोले २२ वर्षीय एम्बाप्पेलाई क्लब निश्चित नगरिएको कारण सजाए दिनुपर्ने सुझाव दिए ।

रियालको खेलमा लगातार उत्कृष्ट प्रदर्शन गरिरहेका भिनिसियसले कार्लो एनसेलोट्टिको प्रशिक्षणमा एम्बाप्पेसँगै रियालबाट खेल्ने इच्छा राखेका छन् ।

‘सबै खेलाडीहरूले एम्बाप्पेसँग खेल्न चाहन्छन् । उनी क्रिस्टियानो रोनाल्डो र लियोनेल मेसी जस्तै महान खेलाडी हुन् । उनले नयाँ पुस्ताको प्रतिनिधित्व गर्छन् जुन वर्षौंसम्म रहिरहने छ ।’ भिनिसियसले स्पोर्ट इन्ट्राटिभोसँगको अन्तर्वार्तामा बताए ।

भिनिसियसले जारी सिजनमा लालिगाका ११ खेलबाट सात गोल गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर