पाण्डेले लिए मुख्यमन्त्रीको सपथ, गठबन्धनबाट बने तीन मन्त्री – Nepal Press

पाण्डेले लिए मुख्यमन्त्रीको सपथ, गठबन्धनबाट बने तीन मन्त्री

हेटौँडा । वागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको सपथ लिएका छन् । आजै मुख्यमन्त्रीमा नियुक्त भएका पाण्डेले प्रदेशसभाको कार्यालय हेटौँडामा आयोजित समारोहमा प्रमुख यादवचन्द्र शर्मा समक्ष दिउँसो ३ः३० मा सपथ लिएका हुन्।

पाण्डेले आजै सानो आकारको मन्त्रिपरिषद् समेत गठन गरेका छन् । गठबन्धनमा आबद्ध माओवादी केन्द्रका तर्फबाट कुमारी मोक्तान, नेपाली कांग्रेसबाट कृष्णलाल भँडेल र एकीकृत समाजवादीबाट कृष्ण खनाल गरी तीन मन्त्रीले पनि सपथ लिएका छन् ।


प्रतिक्रिया

One thought on “पाण्डेले लिए मुख्यमन्त्रीको सपथ, गठबन्धनबाट बने तीन मन्त्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर