प्रदेशसभामा सम्बोधन गरेर राजीनामा दिने अष्टलक्ष्मी शाक्यको तयारी – Nepal Press

प्रदेशसभामा सम्बोधन गरेर राजीनामा दिने अष्टलक्ष्मी शाक्यको तयारी

काठमाडौं । वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिने भएकी छिन् ।

केहीबेरमा सुरू हुने प्रदेशसभा बैठकमा सम्बोधन गरेर त्यहीँ राजीनामाको घोषणा गर्ने आर्थिक योजना मन्त्री रचना खड्काले नेपाल प्रेसलाई जानकारी दिइन्।

आजको बैठकमा मुख्यमन्त्री शाक्यले पेस गरेको विश्वासको मतको प्रस्तावमाथि मतदान हुने कार्यसूची थियो ।

प्रदेशसभाबाट विश्वासको मत नपाउने लगभग पक्का भएपछि शाक्यले राजीनामाको बाटो रोजेकी हुन् । उनी भदौ २ मा मुख्यमन्त्री नियुक्त भएकी थिइन् । एमाले विभाजित हुँदै गर्दा शाक्यले माधव नेपाललाई साथ नदिएर वागमती प्रदेशकी मुख्यमन्त्री बनेकी थिइन् । प्रदेशसभामा एमालेका ४३ सांसद छन् । विश्वासको मतका लागि भने ५५ सांसद चाहिन्छ ।

शाक्यलाई हटाउन विपक्षी गठबन्धन एक भएपछि उनले विश्वासको मत पाउने अवस्था कठिन बनेको थियो । विपक्षी गठबन्धनमा माओवादी केन्द्रका २३, कांग्रेसका २२, एकीकृत समाजवादीका १३ र जनता समाजवादी पार्टीका १ सांसद छन् । विपक्षी गठबन्धनले मुख्यमन्त्रीमा एकीकृत समाजवादीका संसदीय दल नेता राजेन्द्र पाण्डेलाई अघि सारेको छ । त्यस्तै विवेकशील साझाका ३, नेपाल किसान मजदुर पार्टी (नेमकिपा) र राप्रपाका २ जना छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर