वर्षातले किसानलाई परेको बज्रपात र क्षति कम गर्ने उपाय – Nepal Press

वर्षातले किसानलाई परेको बज्रपात र क्षति कम गर्ने उपाय

पछिल्लो समयको बेमौसमी वर्षातले कृषि क्षेत्रको कुल ग्राहस्थ उत्पादनमा करिब ७ प्रतिशत हिस्सा रहेको धानबालीलाई नमराम्ररी असर गरेको छ । यसले धान उत्पादन घट्ने निश्चित छ ।

नेपालमा व्यापक श्रमिक अभाव हुँदा पनि सबैजसो धानखेती हुने जमिनमा रोपाईँ हुने गरेको छ । जिल्लागत रुपमा हिमालपारिका जिल्लाहरु मनाङ र मुस्ताङबाहेक सबै जिल्लामा धानका फाँटहरु देख्न सकिन्छ । स्थानीय वातावरण, संस्कृति र अनुकुलताको आधारमा नेपालमा चैते, बर्खे र बोरो गरी तीन सिजनमा धानखेती हुँदै आइरहेको छ । प्रि–मनसुन, पोष्ट मनसुन र वर्षाको मात्रा धानखेतीमा अति नै महत्वपूर्ण हुन्छन् ।

नेपालको चैते सिजनको धानखेती हुने क्षेत्रमा छोटो अवधिमा पाक्ने धान मन पराइन्छ । सामान्य अवस्थामा छोटो अवधिको जातको उत्पादकत्व कम हुन्छ । तर सूर्यको प्रकाश पर्याप्त हुने सिजनका कारण चैते धानको उत्पादकत्व छोटो अवधिको धानमा पनि बढी हुने गरेको छ ।

प्रायः फागुनमा ब्याड राखी जेठ अन्तिम हप्तादेखि असार पहिलो हप्तामा भित्र्याइने चैते धानले भित्र्याउने बेलामा मनसुन भेट्टाएमा धान र परालको गुणस्तर बिगारी बजार भाउमा प्रत्यक्ष असर गर्दछ । जताततै पानी र अर्को वर्षे धानको रोपाईँको चटारोले गर्दा कृषकले धानको सही व्यवस्थापन गर्ने समय पाउँदैनन्, जटिलता हुँदा धानको मूल्य बार्गेनिङ पावर घट्न जान्छ र वर्षेको आधा मूल्य पनि नपाउने अवस्था आउँछ ।

सरकारले चैते धानमा न्यूनतम् समर्थन मुल्यसमेत तय गर्ने गरेको छैन । अगौटे तरकारी लगाउने क्षेत्रबाहेक अधिकांश ठाउँहरुमा छोटो अवधिको भन्दा लामो अवधिको वर्षे धानखेती हुन्छ । मनसुन सकिने समय भित्र्याउन उपयुक्त हुने हुनाले पनि तुलनात्मक लामो अवधिको जातको धान मन पराइएको देखिन्छ ।

पानी परिरहेको छ र क्षति बढिरहेको छ । अहिलेको सवैभन्दा बढी क्षति हुने भनेको काटेर सुकाएको र थ्रेसिङ्ग गर्न बाँकी धान नै हो । यो अवस्थामा आंशिकदेखि पूर्ण क्षति समेत हुनसक्छ । पाक्ने बेला ढलेको धानबाट पनि ४०% सम्म उत्पादन घट्ने अध्ययनहरुले देखाएका छन् ।

यो स्थानीय आवश्यकता र पछि लगाउने बालीको प्रकृतिमा निर्भर गर्दछ । तर यस वर्ष चैते धानले जस्तै वर्षे धानले पनि पूरै मनसुन छल्न सकेन, धान पाकी भित्र्याउने तरखरमा भएका कृषकहरुलाई पोष्ट मनसुनका कारण निरास बनाएको छ ।

केही धान भित्र्याइएको छ । पराल स्याहार्न चुनौती भएको छ । कहीं धान काटेर चुट्ने र भित्र्याउने कामका लागि सुकाइएको छ त कहीँ धान ढलेर व्यवस्थापनमा चुनौती खडा भएको छ ।

पानी परिरहेको छ र क्षति बढिरहेको छ । अहिलेको सवैभन्दा बढी क्षति हुने भनेको काटेर सुकाएको र थ्रेसिङ्ग गर्न बाँकी धान नै हो । यो अवस्थामा आंशिकदेखि पूर्ण क्षति समेत हुनसक्छ । पाक्ने बेला ढलेको धानबाट पनि ४०% सम्म उत्पादन घट्ने अध्ययनहरुले देखाएका छन् ।

धान पानी धेरै सहनसक्ने बाली हो । पर्याप्त पानी भएन भने धानको उत्पादकत्व घट्छ । तर बालामा दुध पसिसकेपछि जब धान पुष्टिन्छ, धानको लागि पानी आवश्यक हुँदैन । फूल खेल्ने बेला पनि झरी पर्यो भने पर्याप्त परागशेचनको अभावमा बालामा गेडा नलाग्ने समस्या हुन्छ ।

शारीरिक परिपक्वताको बेलामा बालाको तौल बढी हुने र पानी पर्दा झन् तौल र फोर्समा वृद्धि भइ धान ढल्ने गर्दछ । यदि सामान्य हावादेखि हुरीबताससम्म यही समयमा हुन गयो भने धानमा ठूलो क्षति हुने गर्दछ । देशका अधिकांश ठाउँमा मध्यम प्रकृतिको हावा र वर्षाका कारण धान धेरै ढल्न पुगेको छ ।

मौसम पूर्वानुमान महाशाखाले हरेक दिन बिहान र बेलुकी पूर्वानुमान गर्ने र प्रकाशित गर्ने गरेको छ । पहिलो त नेपाली प्राविधिकहरु समेत मौसम पूर्वानुमान वेबसाईटमा हेर्न र सोहीअनुसार सूचना सम्प्रेषण गर्न अभ्यस्त छैनन् । दोस्रो, कृषिमा मौसम सूचना प्रणालीको भरपर्दो माद्यम कृषकहरुमाझ लोकप्रिय छैनन् ।

यदि सरकारसँग क्षतिपुर्ती दिने हिम्मत मात्र आयो भने पनि क्षतिको मूल्यांकन झन् जटिल बन्न जान्छ । यस्ता प्रणालीहरु प्रयोगमा ल्याउन सकेको भए क्षति भएको क्षेत्रका कृषकहरुको विवरण लिन र प्रमाणीकरण गर्न सहज हुने थियो ।

विभिन्न माद्यम विकास गरिए पनि कृषकहरुले प्रयोगमा नल्याउँदासम्म त्यसको कुनै प्रभाव हुँदैन । सम्बन्धित निकायहरुवाट पनि कृषि मौसम सूचनाको प्रभावकारी वितरण भएको छैन । अहिले मौसम पूर्वानुमान महाशाखाले उपलब्ध गराएको सूचना मात्र पनि वितरण हुन सकेको भए यस वर्ष यति धेरै क्षति हुनबाट बँचाउन सकिन्थ्यो ।

कति कृषकले धान खेती गरिरहेका छन् भन्ने तथ्या‌ंक सरोकारवाला निकायहरुसँग पनि छैन । न त कृषिसँग सम्वन्धित तथ्यांक भरपर्दा छन् । कृषि तथा पशुपंछी विकास मन्त्रालयले कृषक सूचीकरण प्रणालीको पनि विकास गरेको थियो । उक्त प्रणालीका लागि जनशक्ति व्यवस्थापनको समेत सुरुवात भएको थियो ।

सिस्टम विकास र परिष्कृत हुँदै जाँदा कृषि क्षेत्र र औद्योगिक विकासका लागि समेत उपयोगी तथा नियमनकारी निकायहरुलाई समेत प्रभावकारी हुने सम्भावना बोकेको उक्त प्रणाली दुई वर्षसम्म पनि गर्भमै रहेको छ, तुहिने वा कार्यान्वयन हुने अन्योल कायमै छ ।

यदि सरकारसँग क्षतिपुर्ती दिने हिम्मत मात्र आयो भने पनि क्षतिको मूल्यांकन झन् जटिल बन्न जान्छ । यस्ता प्रणालीहरु प्रयोगमा ल्याउन सकेको भए क्षति भएको क्षेत्रका कृषकहरुको विवरण लिन र प्रमाणीकरण गर्न सहज हुने थियो ।

अहिले प्रदेश सरकार तथा स्थानीय सरकारहरुले राहतका लागि चासो देखाएका छन् । तर राहतको लागि क्षतिको विवरण संकलन गर्ने जनशक्तिको व्यवस्थापन र क्षतिको प्रमाणीकरणको कार्य काम नै चुनौतीपूर्ण हुनेछ । यदि स्थानीय सरकारले सक्रियता वढाएमा केही बढी विश्वसनियता हुने देखिन्छ ।

बाली भित्र्याउने विभिन्न तरिकाहरु छन् । काटेर सुकाइ चुटेर वा थ्रेसरको प्रयोग गरेर बाली भित्र्याउने तरिकाको विकल्पमा तराइ क्षेत्रमा कम्बाईन हार्भेष्टरको प्रयोग गर्दा धान सहज हुन्छ र चुनौती कम हुन्छ । यदि यस वर्ष कम्बाईन हार्भेष्टरको प्रयोग मात्र भएको भए पनि काटेर सुकाएको धान पानीमा डुबेर बिग्रने समस्या न्यूनीकरण हुने थियो ।

ढलेको तर काट्न बाँकी धानलाई उठाएर ३–४ वटा गाँज एकै ठाउँमा मुठा बनाएर हल्कासँग बाँध्ने वा छिटो काटेर सकेसम्म पुनः पानीमा पर्न नदिइ थ्रेसिङ्ग गर्दा धान र पराल दुवै प्रयोगमा आइ क्षति धेरै नै घट्ने हुनसक्दछ ।

वर्षे सिजनमा धान जत्तिकै परालको पनि महत्व रहेको छ । गाईभैंसी पालनको व्यवसायिकता बढेसँगै परालको महत्व र आम्दानीमा धेरै नै वृद्धि भएको छ । व्यवसायिकताका क्षेत्रका आधारमा कृषकले राम्रो उत्पादनको परालबाट मात्र प्रतिहेक्टर साठी हजारदेखि नब्बे हजारसम्म आम्दानी गर्ने गर्दछन् । कम्बाईन हार्भेष्टर प्रयोगमा ल्याउँदा पराल टुक्रा पर्ने, मूल्य नपाउने र व्यवस्थापन गर्न झन्झट हुने हुनाले वर्षे सिजनमा कृषकहरु तयार देखिँदैनन् । मौसमको पूर्वानुमानबाट केही दिन ढिला भित्र्याउँदा पनि अधिकांश जातका धान वर्षाबाट जोगाउन सकिन्छ ।

काटेर सुकाएको र अहिले डुबेको धानलाई गुम्स्याएर नराख्ने, सकेसम्म पातलो गरी राख्ने, पानीबाट बाहिर निकाल्ने तथा बेलाबेलामा सुकाएको धानलाई चलाएर गुम्सिन नदिने तरिका अवलम्बन गर्दा क्षति न्यूनीकरण हुनेछ ।

ढलेको तर काट्न बाँकी धानलाई उठाएर ३–४ वटा गाँज एकै ठाउँमा मुठा बनाएर हल्कासँग बाँध्ने वा छिटो काटेर सकेसम्म पुनः पानीमा पर्न नदिइ थ्रेसिङ्ग गर्दा धान र पराल दुवै प्रयोगमा आइ क्षति धेरै नै घट्ने हुनसक्दछ ।

यदि पाकेको धान छ र बोटबाटै धान नझर्ने जात हो भने केही दिन पर्खेर भित्र्याउँदा उपयुक्त हुनेछ । अहिले पनि सबैभन्दा धेरै धान खडा बाली नै हो । ढलेको र डुबेको धेरै देखिए तापनि खडा बालीको उचित व्यवस्थापन गर्न सके मात्र पनि क्षति न्यूनीकरण हुन सक्नेछ । यसका लागि कम्बाईन हार्भेष्टरको प्रयोग गर्दा दाना जोगाउन कम चुनौतीपूर्ण हुनेछ ।

जहिले क्षति धेरै हुन्छ अनि मात्र बिमाको बहस उर्लिन्छ । धानखेती निर्बाहमुखी कृषक बाहुल्य भएको खेती हो । यो न्यूनरुपमा मात्र व्यवसायिक छ । धान खेती सँस्कृति पनि हो । खेतीका लागि जमिन उपलब्ध भएमा उच्च मूल्य बालीको खेतीबाहेकको अवस्थामा सबैले धानखेती गर्छन् ।

तर खाद्यान्न बालीको एकैपटक सबै क्षति नहुने भएकाले पशुपंछी, फलफूल र तरकारीमा जस्तो धानको क्षतिको आँकलन गर्न यति कठिन छ कि, कति प्रतिशत उत्पादन घट्ने हो ? कति भुक्तानी हुनुपर्ने हो ? आंशिक क्षतिको मूल्यांकनको विधि के हो ? लगायतका जटिलताले समस्या पैदा गर्नेछ ।

मिहिनेती कृषकहरुले ढलेको वा काटेर सुकाएको धानलाई व्यवस्थापन गर्न अतिरिक्त श्रम लगाउनु पर्ने हुँदा लागत बढी भइ कृषकहरु मारमा पर्ने हुन्छ । ढलेको धानको गुणस्तर बिग्रन्छ । खेतमै धान उम्रिने, थ्रेसिङ्ग राम्रो नहुने, टुक्रा पर्ने, चामलको रंग र स्वाद बिग्रने आदि समस्या देखा पर्दछन् ।

क्षति मूल्यांकनमा पनि अतिरिक्त श्रम बढ्ने हुन्छ । अन्त्यमा दावी स्वीकार रकम न्यून हुने हुँदा तथा बिमा कम्पनीहरुमा यस प्रकारको बिमाका लागि रेस्पोन्स गर्ने जनशक्तिको अभाव हुन्छ । जसकारण भुक्तानी अन्योल हुने र बिमावाट कृषकहरु नै विकर्षित हुने गरेका छन् ।

अन्य बालीको तुलनामा छोटो अवधिको हुने हुनाले बिमाको प्रकृयामै बाली पाकिसक्ने, कामको चटारोले समयमा प्रकृया सुरु गर्ने अवसर नपाउने, सानो क्षेत्रफलका कारण बिमाको आवश्यकता समेत महसुस नहुने आदि कारणबाट पनि खाद्यान्न बालीको बीमा प्रभावकारी हुन सकेको छैन । खाद्यान्न बालीको बिमा व्यक्तिगतभन्दा सामूहिक र सकेसम्म सहकारीले प्रकृया पुर्याउन पहल गर्नुपर्ने विकल्प उत्तम हुनसक्छ ।

नेपालमा उत्पादन हुने अधिकांश धानलाई साधारण मिलबाट चामल तयार गरिन्छ । स्टिम मिलहरु कृषक र नेपाली जातमैत्री नभएको गुनासो छ । स्टिम मिलहरुले चामलका लागि नेपाली अधिकांश जातका धानहरु खरिद गर्दैनन्, जुन प्रविधिबाट चिसो धान नै भए पनि खरिद गरी व्यवस्थापन गर्न सकिने थियो ।

क्षति र विपत्तिवाट पाठ सिकी कृषि सूचना प्रणालीको भरपर्दो माध्यमको विकास गरी स्थानीयस्तरमै जानकारी गराउने, कृषकलाई सूचना प्रविधिसँग अभ्यस्त हुने कार्यक्रमहरु कार्यान्वयन गर्ने तथा कृषि प्राविधिक, मौसम विज्ञ र कृषकलाई जोड्ने प्रणाली सरकारले कार्यान्वयनमा ल्याउनुपर्ने तट्कारो आवश्यकता छ ।

कृषकहरुले भिजेको, लडेको धानलाई आफ्नै खपतका लागि व्यवस्थापन गर्नुपर्ने हुनसक्छ । धान र परालको राम्रो मूल्य प्राप्त गर्ने र मेसिनहरुको प्रयोग बढी हुने एवं कृषकहरुले मन पराएको सावित्री धानको चितवनमा गरिएको लाभ लागत विश्लेषणको अनुपात जम्मा १.२७ मात्र देखिन्छ । यदि पराल मात्र बिग्रियो भने पनि कृषक घाटामा जान्छन् । काटेर सुकाएको र ढलेको धानको पराल बिग्रने र कृषक घाटामा जाने निश्चित नै छ ।

मिहिनेती कृषकहरुले ढलेको वा काटेर सुकाएको धानलाई व्यवस्थापन गर्न अतिरिक्त श्रम लगाउनु पर्ने हुँदा लागत बढी भइ कृषकहरु मारमा पर्ने हुन्छ । ढलेको धानको गुणस्तर बिग्रन्छ । खेतमै धान उम्रिने, थ्रेसिङ्ग राम्रो नहुने, टुक्रा पर्ने, चामलको रंग र स्वाद बिग्रने आदि समस्या देखा पर्दछन् ।

खाद्यान्न मात्र होइन, बिउका लागि उत्पादन गरिएको धानको पनि गुणस्तर बिग्रन गइ बिउको आयात बढ्ने वा गुणस्तरहीन बिउका कारण आगामी सिजनमा समेत उत्पादनमा ह्रास आउने, धानचामलको आयात बढ्ने भएकोले स्थानीय तहमार्फत भरपर्दो तथ्याङ्क सङ्कलन गरी कृषकमा भएको नैराश्यता कम गर्न तत्काल राहतमुखी कार्यक्रमको व्यवस्थापन गर्नुपर्ने देखिन्छ ।

चामल योग्य चैते धानको उत्पादनमा जोड दिइ यस वर्ष देशलाई भएको क्षतिबाट हुने चामलको आयातलाई न्यूनीकरणका प्रयासहरु समयमै चाल्नुपर्ने, क्षति र विपत्तिवाट पाठ सिकी कृषि सूचना प्रणालीको भरपर्दो माध्यमको विकास गरी स्थानीयस्तरमै जानकारी गराउने, कृषकलाई सूचना प्रविधिसँग अभ्यस्त हुने कार्यक्रमहरु कार्यान्वयन गर्ने तथा कृषि प्राविधिक, मौसम विज्ञ र कृषकलाई जोड्ने प्रणाली सरकारले कार्यान्वयनमा ल्याउनुपर्ने तट्कारो आवश्यकता छ ।

(लेखक प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, चितवनमा कार्यरत छन्)

प्रतिक्रिया

One thought on “वर्षातले किसानलाई परेको बज्रपात र क्षति कम गर्ने उपाय

Leave a Reply

Your email address will not be published. Required fields are marked *