कोरोना नियन्त्रण गर्न रुसको कदम : अक्टोबर ३० देखि नोभेम्बर ७ सम्म बिदा दिने घोषणा – Nepal Press

कोरोना नियन्त्रण गर्न रुसको कदम : अक्टोबर ३० देखि नोभेम्बर ७ सम्म बिदा दिने घोषणा

मस्को । रूसले कोरोनाभाइरस फैलावट नियन्त्रणका लागि भन्दै अक्टोबर ३० देखि नोभेम्बर ७ सम्म भूक्तानी दिने तर काम गर्न कार्यालयमा जान नपर्ने व्यवस्था गरेको छ ।

राष्ट्रपति भ्लादिमिर पुटिनले कोरोनाभाइरसको फैलावट रोक्न अक्टुबर ३० देखि नोभेम्बर ७ सम्म देशभरि भुक्तानी दिने तर कर्मचारीहरूलाई काममा नआउने व्यवस्था गर्ने एक कानुनी पत्रमा बुधबार हस्ताक्षर गरेका छन् ।

पुटिनले सरकारलाई भने, “हामीले सामना गर्ने स्थितिलाई ध्यानमा राख्दै म निश्चित रूपमा अक्टुबर ३० देखि नोभेम्बर ७ सम्म कर्मचारीको ज्यालाको सुनिश्चितता गर्ने तर देशभर काम नहुने दिनहरु लागू गर्ने प्रस्तावको समर्थन गर्दछु ।”

उनले आवश्यक परेको खण्डमा बिदाका दिनहरु विस्तार गर्न सकिने बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर