बाढी पहिरो पीडितको उद्धार र राहतमा ध्यान दिन अखिल क्रान्तिकारीको सरकारसँग माग – Nepal Press

बाढी पहिरो पीडितको उद्धार र राहतमा ध्यान दिन अखिल क्रान्तिकारीको सरकारसँग माग

काठमाडाैं । अनेरास्ववियु क्रान्तिकारीले देशका विभिन्न भागमा आएको बाढीका कारण मृत्यु भएका मृतकका परिवारलाई राहत र घाइतेको उपचार तुरुन्त गर्न सरकारसँग माग गरेको छ।

सत्तरुढ नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले एक विज्ञप्ति जारी गर्दै बाढी पहिरोबाट बेपत्ता भएकाहरुको खोजीमा तीब्रता दिन सरकारको ध्यानाकर्षण गराएकी छन्।

‘बाढीका कारण भएको मानवीय तथा अन्य क्षतिको यथार्थ विवरण संकलन गरी तत्काल राहत प्याकेज घोषणा गर्न स्थानिय,प्रदेश तथा संघीय सरकारसँग जोडदार माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘बाढी पहिरो लगायत प्राकृतिक प्रकोप जस्ता संकटको घडीमा अनेरास्ववियु क्रान्तिकारी सधैव जनताको संकट समाधानको लागि जनतासँगै रहेको कुरा जगजाहेर छ।

वक्तव्यमा अध्यक्ष सिंहले संकटको समयमा अनेरास्ववियु क्रान्तिकारीको सबै नेता कार्यकर्तालाई उद्धार कार्यमा जुट्न निर्देशन गर्दै विपत जोखिम क्षेत्रका नागरिकहरुलाई उच्च सतर्कता अपनाउनसमेत आह्वान गरेकी छन् ।

बाढी पहिरोका कारण समस्यामा परेका नागरिकहरुलाई सहयोगको लागि सहयोगी दाताहरुसँग क्रान्तिकारीले अपीलसमेत गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *