पेड्रीले बार्सिलोनासँग गरे सम्झौता नवीकरण, किन्न चाहनेले १ विलियन युरो तिर्नुपर्ने – Nepal Press

पेड्रीले बार्सिलोनासँग गरे सम्झौता नवीकरण, किन्न चाहनेले १ विलियन युरो तिर्नुपर्ने

एजेन्सी । स्पेनिस महारथी क्लब बार्सिलोनाका किशोर मिडफिल्डर पेड्रीले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् । क्लबले दिएको जानकारीअनुसार उनलाई किन्न चाहनेले १ विलियन युरो रिलिज क्लज तिर्नुपर्ने हुन्छ ।

१८ वर्षीय यी प्राविधिक मिडफिल्डले ३० जुन २०२६ सम्मका बार्सिलोनामै रहने गरी सम्झौता गरेका छन् ।

बार्सिलोनाको एकेडेमी ला पाल्मासबाट सन् २०२० को अगष्टमा सिनियर टोलीमा अनुबन्ध भएका पेड्रले गत सिजन ५३ खेल खेलेका थिए । जुन क्लबका अन्य खेलाडीले भन्दा धेरै हो ।

सन् २०२० को युरोकपमा स्पेन सेमिफाइनलसम्म पुग्दा पनि पेड्री टिमका महत्वपूर्ण सदस्य थिए । यही वर्ष जापानमा भएको ग्रिष्मकालीन ओलम्पिकमा स्पेनलाई फाइनलसम्म पु¥याउन पनि उनको विशेष भूमिका थियो । ओलम्पिकमा स्पेनिस टोली ब्राजिलसँग पराजित रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर