जीवन राईको नेकपा एकीकृत नेकपा एसमा समाहित – Nepal Press

जीवन राईको नेकपा एकीकृत नेकपा एसमा समाहित

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) मा जीवन राई नेतृत्वको नेकपा एकीकृत समाहित भएको छ । गत असोज ६ मै एकीकरणको सम्झौता भए पनि आज मात्रै सार्वजनिक भएको हो ।

नेपाल र राईबीचको समझदारीअनुसार एकीकरणपछि पार्टीको नाम एकीकृत समाजवादी नै रहने र चुनाव चिन्ह भने कलम राखिनेछ ।

राई सुरूदेखि नै माधव नेपालनिकट मानिन्थे । नेकपा एमालेमा अन्तरविरोध फुटको तहमा पुगेपछि राईले निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गराएका थिए।

कतिपयले माधव नेपालकै सल्लाहमा राईले नयाँ पार्टी दर्ता गरेको टिप्पणी गरेको थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर