अघिल्ला प्रदेश प्रमुखले दुईपटक फिर्ता पठाएका दुई विधेयक पारित, छलफलसमेत गरिएन – Nepal Press
प्रदेश २

अघिल्ला प्रदेश प्रमुखले दुईपटक फिर्ता पठाएका दुई विधेयक पारित, छलफलसमेत गरिएन

जनकपुरधाम । तत्कालीन प्रदेश प्रमुख राजेश अहिराजले दुईपटक फिर्ता पठाएको दुई विधेयक प्रदेशसभाबाट पारित भएको छ ।

प्रदेशसभामा छलफल समेत नगरी ‘प्रदेश पदक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६’ र ‘स्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६’ पारित भएको हो ।

प्रदेश प्रमुख झाले स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने धेरै विषयवस्तु छुटेको भन्दै स्वास्थ्यसम्बन्धी विधेयक र कृषि प्रधान देशमा किसानलाई छाडेको भन्दै पदकसम्बन्धी विधेयक फिर्ता पठाएका थिए ।

आजको प्रदेशसभा बैठकको कार्यसूचीमा उक्त दुबै विधेयकमाथि सम्बन्धित मन्त्रीले छलफलको प्रस्ताव राख्ने र त्यसपछि पारित गर्ने कार्यसूची थियो । तर सत्तापक्षका सांसदले छलफल गर्न आवश्यक नरहेको बताएपछि विधेयक पारित गरिएको छ ।

सत्तारुढ नेपाली कांग्रेसका सांसद शिवचन्द्र चौधरीले तत्कालीन प्रदेश प्रमुख झाले प्रदेशसभाकै अपमान गरेको भन्दै विधेयक छलफल नगरी पारित गर्नुपर्ने बताएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर