बालुवाटारमा कांग्रेस पदाधिकारी बैठक सुरु, मन्त्रीको नाम टुङ्ग्याउने – Nepal Press

बालुवाटारमा कांग्रेस पदाधिकारी बैठक सुरु, मन्त्रीको नाम टुङ्ग्याउने

काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारीहरुको बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा सुरु भएको छ ।

मन्त्रिपरिषदमा सहभागी हुने पार्टीका मन्त्रीको नाम तय गर्न पदाधिकारी बैठक बसेको हो । त्यसअघि वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पक्षको छुट्टाछुट्टै बैठक बसेको थियो ।

पौडेल पक्षको बैठकमा महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरू डा. रामशरण महत, अर्जुननरसिंह केसी, डा. मिनेन्द्र रिजाललगायतलाई बोलाइएको थियो ।

पौडेल पक्षले सरकारमा २ वटामात्रै मन्त्रालय पाउने सम्भावना छ । सभापति एवं प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तारमा एकपक्षीय निर्णय गरेको भन्दै पौडेल पक्ष असन्तुष्ट रहँदै आएका थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर