कांग्रेस जिल्ला सभापतिमा परिणाम आउने क्रम सुरु: पौडेल पक्ष २, देउवा पक्ष 0 – Nepal Press

कांग्रेस जिल्ला सभापतिमा परिणाम आउने क्रम सुरु: पौडेल पक्ष २, देउवा पक्ष 0

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तरगत जिल्ला सभापतिहरुको नतिजा आउने क्रम सुरु भएको छ । अहिलेसम्म दुई जिल्ला सभापति सर्वसम्मत चयन भएका छन् ।

कांग्रेस मुस्ताङको सभापतिमा पूर्वमन्त्री रोमी गौचन थकाली र रुकुम पूर्वको सभापतिमा केशरमान रोका सर्वसम्मत निर्वाचित भएका हुन् ।

गौचन र रोका दुवै वरिष्ठ नेता रामचन्द्र पौडल पक्षका हुन् । देउवा पक्षले अहिलेसम्म खाता खोल्न सकेको छैन ।

२०७० मा मुस्ताङबाट प्रत्यक्ष निर्वाचित भएका थकाली संविधान निर्माणपछि प्रचण्ड नेतृत्वको सरकारमा वाणिज्य मन्त्री थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर