एमाले स्थायी कमिटी बैठक बस्दै,नेताहरुको कार्यविभाजनबारे पनि छलफल – Nepal Press

एमाले स्थायी कमिटी बैठक बस्दै,नेताहरुको कार्यविभाजनबारे पनि छलफल

काठमाडौं । नेकपा एमाले स्थायी कमिटीको बैठक आज बस्ने भएको छ । विधान महाधिवेशनका प्रस्तावहरुमाथि छलफल गर्न बैठक बोलाइएको केन्द्रीय कार्यालय सचिव शेरवहादुर तामाङले जानकारी दिए ।

एमालेको विधान महाविधेशन असोज १५ देखि १७ सम्म काठमाडौंमा हुँदैछ । यसअघि बसेको बैठकले प्रतिनिधिको मापदण्ड तय गरेको थियो । आजको बैठकमा विधान मस्यौदा तथा विधान महाधिवेशनमा प्रस्तुत हुने प्रस्तावमाथि छलफल हुने बताइएको छ ।

यसका साथै १० बुँदे सहमति अनुसार नेताहरुको कार्यविभाजनको विषयमा पनि छलफल हुने एमाले स्रोतले जनाएको छ । प्रदेश इन्चार्जहरुको बारेमा अझै अस्पष्टता रहेकाले नेताहरुको कार्य विभाजनपछिमात्र टुंगो लाग्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर