भीडभाड नगरी चाडपर्व मनाउन दिने प्रशासनको निर्णय, मंगलबार उपत्यकामा ४०० संक्रमित थपिए – Nepal Press

भीडभाड नगरी चाडपर्व मनाउन दिने प्रशासनको निर्णय, मंगलबार उपत्यकामा ४०० संक्रमित थपिए

खोप र परीक्षणमा वृद्धि गरिने

काठमाडौं । मंगलबार काठमाडौं उपत्यकाका तीन जिल्लामा ४०४ जना कोभिड बिरामी थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

काठमाडौंमा २९४, ललितपुरमा ६२ र भक्तपुरमा ४८ जना संक्रमित पुष्टि भएका छन् जुन पछिल्ला दिनमा घटिरहेको तथ्यांक हो ।

मंगलबारसम्म काठमाडौं उपत्यकाको सक्रिय संक्रमित संख्या ६२५३ छ । सबैभन्दा बढी काठमाडौं जिल्लामा ३३४० छ भने भक्तपुरमा १०७८ र ललितपुरमा १८३५ छ ।

यसैबीच, सोमबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) काठमाडौंको बैठकले भीडभाड नगरी चाडपर्व मनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

‘स्वास्थ्य मापदण्ड पालना गरेर मात्र चाडपर्व मनाउन दिने निर्णय भएको छ’ प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालले नेपाल प्रेसलाई भने, ‘सकेसम्म कम मान्छे भेला भएर मनाउन दिने भन्ने छ ।’

विद्यालय, रात्रीकालिन व्यवसायदेखि खुकुलो तुल्याइएका क्षेत्रबारे प्रशासनले कडाइका साथ अनुगमन गर्ने र प्रोटोकल उल्लंघन गर्नेालाई कार्वाही गर्ने निर्णय पनि डीसीसीएमसीले गरेको छ ।

खोप वितरण र परीक्षणको दायरामा वृद्धि गर्ने निर्णय पनि बैठकले गरेको छ । ‘जनचेतनाको माध्यमबाट संक्रमण रोकथामलाई तीव्रता दिने निर्णय हामीले गरेका छौं’ सीडीओ रिजालले भने ।

अहिले जारी निषेधाज्ञा भदौ मसान्तसम्म कायमै छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर