मंगलबार १६ सयमा कोभिड संक्रमण पुष्टि, २० जनाको मृत्यु – Nepal Press

मंगलबार १६ सयमा कोभिड संक्रमण पुष्टि, २० जनाको मृत्यु

१७ सय जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा १६६४ जना कोभिड संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार २२२ नमुना परीक्षण गर्दा त्यति संक्रमित थपिएका हुन् ।

मंगलबार कोभिड-१९ संक्रमणबाट थप २० जनाको मृत्यु भएको छ । कूल मृत्यु हुने संख्या १० हजार ७५० पुगेको छ । मृत्युदर १.५ प्रतिशत छ ।

आजसम्म सक्रिय संक्रमित संख्या ३५ हजार ५९१ पुगेको छ । उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरसहित २० जिल्लामा सक्रिय संक्रमित संख्या ५०० भन्दा माथि छ ।

मंगलबार संक्रमण पुष्टि हुने दर १३.६१ प्रतिशत पुगेको छ । पछिल्लो २४ घण्टामा १७८६ जना डिस्चार्ज भएका छन् । आज संक्रमितभन्दा निको हुने संख्या केही बढी देखिएको छ ।

होम आइसोलेसनमा ३३ हजार २१४ जना छन् । सघन उपचार कक्षमा ५३७ र भेन्टिलेटरमा १६४ जना बिरामी छन् । संस्थागत आइसोलेसनमा २३७७ जना छन् ।

कूल संक्रमित संख्या ७ लाख ६२ हजार र कूल निको हुने संख्या ७ लाख १६ हजार छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर