बाढीले रूपन्देही र नवलपरासीमा दुईजना बेपत्ता, खोजी जारी – Nepal Press

बाढीले रूपन्देही र नवलपरासीमा दुईजना बेपत्ता, खोजी जारी

रूपन्देही । रुपन्देहीको मर्चवारमा दाउरा बटुल्न खोला छिरेका एक युवा बेपत्ता भएका छन् । दानव खोलाले बगाएर ल्याएका दाउरा टिप्न गएका सम्मरीमाई ३ पिपरहवाका २३ वर्षीय बब्लु लोधलाई नदीमा आएको भेलले बगाएको हो ।

शुक्रबार बिहान करिब ६ बजे घटना भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी सत्य नारायण थापाले जानकारी दिए ।
बेपत्ताको खोजीका लागि स्थानीय र प्रहरी खटिएका छन् ।

उता नवलपरासीको सुनवल नगरपालिकामा बाढीले बगाएर १४ वर्षीय किशोर बेपत्ता भएका छन्। सुनवलको वडा नम्बर– ४ का १४ वर्षीय किशोर बेपत्ता भएका हुन् ।

उनको पनि खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *