शेरधनको प्रस्तावमा भीम आचार्य एमाले संसदीय दलको नेता चयन – Nepal Press
प्रदेश १

शेरधनको प्रस्तावमा भीम आचार्य एमाले संसदीय दलको नेता चयन

विराटनगर । नेकपा एमाले प्रदेश १ को संसदीय दलको नेतामा भीम आचार्य चयन भएका छन् । मुख्मन्त्री शेरधन राईको प्रस्तावमा आचार्य दलको नेतामा सर्वसम्मत चयन भएका हुन् ।

आजै आचार्यलाई नयाँ मुख्यमन्त्री बनाउने एमालेको तयारी छ ।

काठमाडौंमा रहेका मुख्यमन्त्री राई आचार्यका लागि मार्ग प्रशस्त गर्न आज बिहानै जहाजबाट विराटनगर आएका थिए ।
आचार्यलाई मुख्यमन्त्री र संसदीय दलको नेता बनाउँदा प्रदेशभरका वहुसंख्यक माधवपक्षीय सदस्यहरु एमालेमै बस्ने र सरकारको नेतृत्व पनि एमालेमै रहने बुझाइका साथ राईले लचकता देखाएका हुन् ।

उनले अबको आफ्नो ध्यान पार्टी निर्माणमा केन्द्रित हुने भन्दै त्यसका लागि सत्ता छाड्न तयार रहेको बताउँदै आएका थिए ।

२०७४ माघ २६ गते एमालेका ५१ सांसदमध्ये शेरधन आचार्यसँग २४ का विरुद्ध २६ मत ल्याएर संसदीय दलको नेता निर्वाचित भएका थिए । खोटाङका सांसद राजन राईको मत बदर भएको थियो । साढे तीन वर्ष अगाडि गुटको लाइनमा चुनाव लढेका राई र आचार्य एमाले जोगाउने मुद्दामा भने एक भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर