एमालेका दुई केन्द्रीय सदस्य माधव नेपालतिरै फर्किए, आयोग पुगेर दिए सूचना – Nepal Press

एमालेका दुई केन्द्रीय सदस्य माधव नेपालतिरै फर्किए, आयोग पुगेर दिए सूचना

काठमाडौं । दल विभाजनको निवेदन दर्ता गर्ने बेला हस्ताक्षर गर्न नमानेका नेकपा एमालेका दुईजना केन्द्रीय सदस्य सोमप्रसाद पाण्डे र राजन राई अन्ततः माधव नेपाल पक्षमै लागेका छन् ।

पाण्डे प्रतिनिधिसभा सदस्य हुन् भने राजन राई खोटाङबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । राई चन्द्रागिरीमा बसेको नेकपा एकीकृत समाजवादीको बैठकमा सहभागी थिए । पाण्डे नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालका सम्धी हुन् ।

उनीहरू निर्वाचन आयोगमा समेत गएर आफूहरू नेकपा एकीकृत समाजवादीमा आवद्ध भएको लिखित जानकारी गराएका छन् । माधव नेपालको तर्फबाट निर्वाचन आयोगमा कागजपत्र मिलाउने जिम्मा पाएका राजेन्द्र पाण्डेले उनीहरूलाई आयोग लगेका थिए ।

उनीहरूसँगै राष्ट्रियसभा सदस्य शारदादेवी भट्टले पनि नेकपा एकीकृत समाजवादी रोजेकी छन् । अब संघीय संसदमा पनि आफूहरूको २० प्रतिशत पुगेको केन्द्रीय सदस्य तथा सांसद प्रेम आलेले बताए ।

सुदूरपश्चिमका बहुमत केन्द्रीय सदस्य र सांसद एकीकृत समाजवादीमा समावेश भएको उनले दावी गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर