रुक्मांगद कटवालको नेतृत्वमा हिन्दू राष्ट्र जागरण अभियान सुरु (भिडियो) – Nepal Press

रुक्मांगद कटवालको नेतृत्वमा हिन्दू राष्ट्र जागरण अभियान सुरु (भिडियो)

काठमाडौं । पूर्व प्रधानसेनापति रुक्मांगद कटवालको नेतृत्वमा नेपाललाई हिन्दूराष्ट्र बनाउनुपर्ने मागसहित नयाँ अभियान सुरु भएको छ । उक्त अभियानको आज औपचारिक शुभारम्भ गरियो ।

ललितपुरको एकान्तकुनास्थित केन्द्रीय कार्यालयमा आयोजित उद्घाटन कार्यक्रमबाट अभियान शुभारम्भ भएको हो । पूर्वप्रधानसेनापति कटवालले कार्यक्रमलाई सम्बोधन गर्दै नेपालमा हिन्दू संस्कृतिले नै सबैलाई जोड्न सक्ने भन्दै हिन्दुत्वको स्वाभिमानलाई प्रत्येक नागरिकका मनमनमा जागरण गर्नु यस अभियानको उद्देश्य रहेको बताए ।

राष्ट्रिय गुरुकुल शिक्षा परिषद्का उपाध्यक्ष स्वामी केशवानन्दले हिन्दू धर्मले सबै प्रकारका उपासना पद्धति अपनाउन स्वतन्त्रता दिएको उल्लेख गरे । विधर्मीको लहैलहैमा बगेर जानाले नै देशमा अनेक समस्या आइपरेको उनको भनाइ थियो ।

अभियानबारे विमर्श कार्यक्रमअघि पूजा एवं हवनपूर्वक केन्द्रीय कार्यालयको उद्घाटन गरिएको थियो ।

नेपाल प्रेससँगको कुराकानीमा कटवालले यो अभियान पहिलेदेखि नै जारी रहेको भए पनि आजबाट औपचारिक शुभारम्भ भएको जानकारी दिए । अभियानलाई देशभर पुर्याइनेउनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर