रूपन्देहीमा साउन मसान्तसम्म लब्याइयाे निषेधाज्ञा – Nepal Press

रूपन्देहीमा साउन मसान्तसम्म लब्याइयाे निषेधाज्ञा

रुपन्देही । रूपन्देहीमा साउन ३२ गतेसम्मका लागि निषेधाज्ञा थपिएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले यसअघि तय गरेका मापदण्डको पालना गर्ने गरी निषेधआज्ञा थप गरेको जनाएको छ ।

सार्वजनिक र नीजि यातायातमा स्वास्थ्य मापदण्ड अपनाउन र परीक्षा चलाउनेहरूले एक कोठामा २५ जनाभन्दा बढी बिद्यार्थी नराख्न भनिएको छ ।प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार खाद्यान्न पसल स्वास्थ्य मापदण्ड अपनाएर खोल्ने भनिएको छ ।

निषेधाज्ञामा अवधिमा शान्ति सुरक्षा, स्वास्थ्य, खानेपानी, दुध, विद्यूत, दमकल, सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापन, इन्धन, एम्बुलेन्स, स्वास्थ्यकर्मी, औषधि र अत्यावश्यक वस्तु तथा मालसमान ढुवानी गर्ने ढुवानीका साधनजस्ता अति आवश्यक सेवा सहज हुनेछन् । अन्यको हकमा पुरानै नियमलाई निरन्तरता दिइएको प्रशासनले जनाएको छ ।

रुपन्देहीमा थपिए ३५ जना संक्रमित
रुपन्देहीमा पछिल्लो २४ घण्टामा ३५ जना नयाँ कोरोना संक्रमित विरामी थपिएको जिल्ला स्वास्थ्य कायार्यालय रुपन्देहीले जनाएको छ । योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ३७० पुगेको छ ।

कार्यालयका अनुसार थपिएका संक्रमितहरुमध्ये बुटवलका १४ जना, सिद्धार्थ नगरका २ जना, देवदहका ५ जना, सैनामैनाका ४ जना, कञ्चनका १ जना, रोहिणीका १ जना र शुद्धोधनका ४ जना रहेका छन् ।

हालसम्म जिल्लामा कुल २९ हजार १ सय ११ जना संक्रमित पुगेका छन् । तीमध्ये ५१४ जनाको मृत्यु भएको छ भने २८ हजार २ सय ६२ जना निको भएका छन् ।

नगरपालिकाले उपलब्धताका आधारमा खोप लगाउने जानकारी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *