‘जाली, फटाहा, शोषकहरूको कहिले बाँदर जुलुस, कहिले बरण्डामा उफ्रिने नाटक मञ्चन भइरहेको छ’ – Nepal Press

‘जाली, फटाहा, शोषकहरूको कहिले बाँदर जुलुस, कहिले बरण्डामा उफ्रिने नाटक मञ्चन भइरहेको छ’

काठमाडौं । आफूविरुद्ध पार्टी भित्रैबाट भइरहेको प्रदर्शन र आलोचनालाई एमाले वरिष्ठ नेता माधवकुमार नेपालले नाटक भन्दै यस्तो काम गर्नेहरू अपराधी र फटाहा भएको टिप्पणी गरेका छन् ।

नेता नेपाललले अध्यक्ष केपी शर्मा ओलीले बालकोट निवासमा गरेको भाषणलाई नाटक मञ्चन गरेको बताएका छन् । बिहीबार पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले भने, ‘अपराधिक, शोषक, सामन्ती, जाली-झेली, फटाहा तत्वहरूले कहिले स्याल हुइयाँ, कहिले बाँदर जुलुस, कहिले बरण्डामा उफ्रिने नाटक मञ्चन भइरहेको छ ।’

नेता नेपालले अपमान सहेर पार्टीमा नबसिने चेतावनी समेत दिए। ‘कसैलाई आफूले बनाएको घर छाडेर हिँड्ने मन हुन्न तर अपमान सहेर कोही पनि बस्दैन्,’ नेपालले भने, ‘गलत कुकर्म सहेर कोही पनि बस्न हुन्न । त्यो प्रशिक्षण हामीले पाएका छैनौं ।’

अरुको अपमान गर्नेले समाज र राष्ट्रको अपमान पनि गर्ने भन्दै उनले प्रवृत्तिलाई निरुसाहन गनुपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर