गृहमन्त्रीको राजीनामा माग गर्दै रूपन्देहीमा युवा संघको प्रदर्शन (फोटो/भिडियो) – Nepal Press

गृहमन्त्रीको राजीनामा माग गर्दै रूपन्देहीमा युवा संघको प्रदर्शन (फोटो/भिडियो)

रूपन्देही । बुटवलको ट्राफिकचोकमा बुधबार साँझ एमाले युवा संघले निकालेको मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेको छ ।

प्रहरीको हस्तक्षेपपछि गृहमन्त्री बालकृष्ण खाँणविरुद्ध प्रदर्शनकारीले नाराबाजी गर्दै राजीनामा मागेका छन् । गृहमन्त्रीको गृहजिल्लामा उनको राजीनामा माग गर्दै पर्दशन गरिएको छ ।

पुस्पलालचोकबाट अगाडि बढेको मसाल जुलुसमा प्रहरीले ठाउँ-ठाउँमा हस्तक्षेप गरेको थियो । प्रहरी र प्रदर्शनकारीबीच दोहोरो झडप भएको छ । दुई प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरि छाडेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर