पाकिस्तानले भन्यो- लाहोर विस्फोटमा भारतको हात छ – Nepal Press

पाकिस्तानले भन्यो- लाहोर विस्फोटमा भारतको हात छ

कराँची । पाकिस्तानी राष्ट्रिय सुरक्षा सल्लाहकारले गत महिना लाहोरमा भएको कार बम विस्फोटमा भारतको हात भएको बताएका छन् । आइतबार एक पत्रकार सम्मेलनमा सल्लाहकार मोइद युसुफले त्यो विस्फोटको अनुसन्धानबाट ‘इन्डियन इन्टेलिजेन्स’को हात रहेको खुलेको बताए ।

त्यो घटनामा संलग्न व्यक्ति भारतीय नागरिक भएको र भारतीय गुप्तचर निकाय ‘रअ’का लागि काम गर्दै आएको खुलेको मोइदलाई उद्धृत गर्दै एपीन्युजले बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर