सदस्यता विवाद टुंग्याउन कांग्रेस बैठक बस्दै – Nepal Press

सदस्यता विवाद टुंग्याउन कांग्रेस बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनको तयारीका लागि कांग्रेस पदाधिकारीहरूको बैठक आज बस्दैछ ।

बैठकमा पूर्व पदाधिकारी र क्रियाशील सदस्यता छानबिन समितिका सदस्यहरूलाई समेत बोलाइएको छ ।

महाधिवेशन कार्यतालिका अनुसार कांग्रेसका देशभरका क्रियाशील सदस्यहरूको टुंगो छानबिन समितिले असार २० गतेभित्र लगाउनुपर्नेछ । एक साताको समय बाँकी रहेकाले विवादहरू कसरी टुंग्याउने भन्नेमा छलफल गर्न लागिएको हो ।

कांग्रेस महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा हुँदैछ । महाधिवेशनका लागि कांग्रेसका क्रियाशील सदस्यहरूको संख्या १० लाख पुग्दैछ । अहिलेसम्म ८ लाख क्रियाशील सदस्यको सूची केन्द्रीय कार्यालयको सफ्टवेयरमा इन्ट्री भइसकेका छन् ।

केही जिल्लाको समायोजन विवाद र समग्रमा सदस्यता विवाद टुंग्याउनेबारे बैठकमा सहमतिको प्रयास हुने एक नेताले बताए । क्रियाशील सदस्यता छानबिन समितिमा मापदण्ड बनाउने वा राजनीतिक निर्णय गर्ने भन्नेमा छलफल जारी छ ।

पदाधिकारी तहमै सहमति बने सदस्यता छानबिनमा सहजता हुने समितिका सदस्यहरू बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर