महाधिवेशनको मिति अनुमोदन गर्न कांग्रेस केन्द्रीय समिति वैठक बस्दै – Nepal Press

महाधिवेशनको मिति अनुमोदन गर्न कांग्रेस केन्द्रीय समिति वैठक बस्दै

काठमाडौं । पार्टीको १४ औं महाधिवेशनको संशोधित कार्यतालिका अनुमोदन गर्न नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दैछ ।

कांग्रेसका पदाधिकारी एवं पूर्व पदाधिकारीहरुको बैठकले महाधिवेशन कार्यकतालिका संशोधन गरिसकेको छ । संशोधित कार्यतालिका अनुसार महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म गर्न प्रस्ताव गरिएको छ ।

महाधिवेशनका लागि महत्वपूर्ण मानिने क्रियाशील सदस्यताको टुंगो लाग्न बाँकी छ । नयाँ कार्यतालिका अनुसार सदस्यता छानबिन समितिले असार २० गतेभित्र सदस्यताको सूची केन्द्रीय समितिमा बुझाउनेछ ।

त्यस्तै केन्द्रीय समितिले असार २४ गतेसम्म अन्तिम सदस्यता सूची निर्वाचन समितिलाई बुझाउनुपर्नेछ । साउन ६ गतेदेखि कांग्रेसको तल्लो तहका अधिवेशनहरु सुरु हुनेछ ।

दिउँसो २ बजेपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेकाे वैठकमा समसामयिक राजनीतिक विषयमा समेत समीक्षा हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर