वर्कसप बेलुका ९ बजेसम्म र हार्डवेयर तथा बिजुली पसल ४ बजेपछि खुल्न पाउने – Nepal Press

वर्कसप बेलुका ९ बजेसम्म र हार्डवेयर तथा बिजुली पसल ४ बजेपछि खुल्न पाउने

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा अवधिमा सवारी साधनका वर्कसप बेलुका ९ बजेसम्म खुल्न पाउने भएका छन् ।

असार ७ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गर्दै उपत्यकाका तीनै जिल्ला प्रशासनले उक्त निर्णय गरेका हुन् ।

विकास निर्माणजन्य सामग्रीका पसलहरु (छड्, सिमेन्ट, बिजुलीका सामान, स्यानिटरी, हार्डवयर पसल) दिउँसो ४ बजेपछि मात्र खुल्न पाउने भएका छन् । ठूलो परिमाणको ढुवानीलाई राती संचालन गर्न अनुमति दिएको छ ।

स्थानीय ढुवानी राती ९ बजेदेखि बिहान ११ बजेसम्म खोल्न अनुमति दिइएको छ ।

निर्माण सामग्री ढुवानी राती ९ बजेदेखि बिहान ५ बजेसम्म मात्र संचालन गर्न पाइने भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *