जी-सेभेनलाई लक्षित गर्दै चीनले भन्यो : साना देशले विश्वको भाग्यबारे निर्णय गर्ने जमाना सकियो – Nepal Press

जी-सेभेनलाई लक्षित गर्दै चीनले भन्यो : साना देशले विश्वको भाग्यबारे निर्णय गर्ने जमाना सकियो

लन्डन । भौतिकरुपमा उपस्थित नभएपनि जी-सेभेन बैठकमा चीन बलियो एजेन्डा बनिरहेको छ । चीनलाई चुनौति दिने गरि पूर्वाधार कार्यक्रममा अघि बढ्ने सहमति जी-सेभेन बैठकले गरेको छ ।

आफूलाई घेर्ने र चुनौति दिने जी-सेभेनको निर्णय आउने वित्तिकै चीनले क्रुद्ध प्रतिक्रिया दिएको छ । लन्डनस्थित चिनियाँ दूतावासका प्रवक्ताले साना देशहरुको समूहले विश्वको भाग्यबारे निर्णय गर्ने जमाना सकिएको बताएका छन् ।

रोयटर्सलाई उध्दृत गर्दै चिनियाँ दूतावासका प्रवक्ताले भनेका छन्, ‘साना देशहरुले विश्वको भाग्यको निर्णय गर्ने जमाना गयो । हामी हामी ठूला र साना, बलियो र कमजोर, धनी र गरिब मुलुकहरु एउटै हुने दृष्टिकोण राख्छौं । विश्वको निर्णय ती देशहरुसँगको परामर्शमा मात्र सम्भव हुन्छ ।’

चीनको बीआरआई परियोजनालाई चुनौति दिने गरि जी–सेभेन बैठकले बीथ्रीडब्लु कार्यक्रमलाई अघि बढाउने निर्णय गरेको छ । चिनियाँ प्रभुत्वलाई रोक्न यो कार्यक्रम आवश्यक रहेको उनीहरुको भनाई छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर