कालिकोटमा कोरोना परीक्षणको दायरा बढाइने – Nepal Press

कालिकोटमा कोरोना परीक्षणको दायरा बढाइने

कालिकोट । कालिकोटका नौ वटा स्थानीय तहमा कोरोना (कोभिड–१९) को परीक्षणको दायरा बढाइने भएको छ ।

जिल्ला कोरोना कोरोना(कोभिड-१९) महामारी विपद् व्यवस्थापन समितिको बैठकले शुक्रबार परीक्षण दायरा बढाउने निर्णय गरेको हो ।
कोरोना संक्रमित बढ्दै गएकाले सबै स्थानीय तहमा कोरोना परीक्षण बढाउने निर्णय भएको हो । खाँडाचक्र र रास्कोट नगरपालिका, पचालझरना र शुभकालिका गाउँपालिकामा ५/५ सय एन्टिजेन किट पठाइएको र अन्य स्थानीय तहमा पनि ५/५ सयका दरले एन्टिजेन किट पठाउने तयारी भएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख कटकबहादुर महतले जानकारी दिए ।

‘समुदायस्तरमा नै कोरोना महामारी फैलिएको हुनसक्ने भएकाले कोरोना परीक्षणको दायरा बढाउन लागेका हौं’, उनले भने, ‘सबै स्थानीय तहका स्वास्थ्य सेवा कार्यालयलाई कोरोना परीक्षण बढाउन र उनीहरुको सम्पर्कमा आएकालाई परीक्षण गरिनेछ ।’

शुक्रबार ६० जनामा एन्टीजेन विधिबाट गरिएको परीक्षणमा १७ जनामा र पीसीआरबाट ३४ जनामा गरिएको परीक्षणमा १८ जनामा कोरोना पोजेटिभ देखिएको महतले बताए ।

त्यस्तै, कोरोना महामारीको दोस्रो लहरमा जिल्लामा एक हजार ४ सय ९० जनामा कोरोना पोजेटिभ देखिएकोमा एक हजार ३ सय ५२ जना डिस्चार्ज भएका छन् । हाल कोरोना सक्रिय सङ्क्रमित १ सय ३४ जना विभिन्न आइसोलेसन र १३ जनाको कोभिड विशेष अस्पतालमा उपचार भइरहेको जिल्ला स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । कालिकोटमा हालसम्म कोरोना संक्रमणले चार जनाको मृत्यु भएको छ ।

रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर