व्यक्तिले हडपेका सरकारी जमिन फिर्ता गरेँ : शिवमाया तुम्बाहाङ्फे (भिडियो) – Nepal Press

व्यक्तिले हडपेका सरकारी जमिन फिर्ता गरेँ : शिवमाया तुम्बाहाङ्फे (भिडियो)

काठमाडौं । निवर्तमान भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले आफ्नो कार्यकालमा व्यक्तिले हडपेका सरकारी जग्गाहरू फिर्ता गर्न सफल भएको बताएकी छन् ।

उनले सुनसरीमा १७९ बिघा जग्गा नेपाल सरकारको नाममा ल्याइसकिएको र काठमाडौंमा पनि अतिक्रमण भएको जग्गा फिर्ता लिने काम पनि अन्तिम चरणमा पुगेको बताइन् । उनले भनिन्, ‘सुनसरीमा १७९ बिघा जग्गा नेपाल सरकारको नाममा ल्याइसक्यौँ । राजधानीको मुटुमा रहेको जग्गा जुन सरकारको नाममा थियो । दुषित मनसायका साथ विभिन्न व्यक्तिहरूले त्यो जग्गा हडपेका थिए । जग्गा बिक्री वितरण गरिएको थियो । ती व्यक्तिहरूलाई म्याद तामेलको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । व्यक्तिले अतिक्रमण गरेर लगेको जग्गाहरुको हकमा केही-केही जग्गाहरू सरकारको नाममा ल्याउने काम सकेका छौँ । र अझै पनि छानविन हुँदैछ ।’

आफ्नो कार्यकालमा जग्गा नापजाँचको नयाँ प्रविधि लाइडर प्रविधि अपनाएको र नारायणीदेखि पश्चिम महाकाली सम्मको भूभागमा नापजाँच गरिसकेको उनले बताइन् । त्यस्तै आगामी आर्थिक वर्षमा नारायणीदेखि मेचीसम्म नापजाँचको काम हुने जानकारी दिइन् ।

‘मेरो कित्ता प्रविधि कार्यान्वयन भइसकेको छ । लाइडर प्रविधि, हाम्रो डाटा कलेक्शन गरिसकेपछि त्यो प्रोसेसिङ नेपालमै गर्ने र नेपालमा प्रयोग गरिसकेपछि त्यस्ता रअ मेटेरियल कसैले हाम्रो डाटा लिएर जान नपाउने गरी यहीँ छोडेर जानुपर्छ भन्नेमा मैले जोड दिएको छु’, उनले भनिन् ।

भूमि मन्त्रालयअन्तर्गत भइरहेका सेटिङको प्रयासलाई आफूले तोडेको उनको जिकिर छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर