माधव पक्षमै मतभेद देखिएपछि सुदूरपश्चिम एमाले संसदीय दलको बैठक स्थगित – Nepal Press

माधव पक्षमै मतभेद देखिएपछि सुदूरपश्चिम एमाले संसदीय दलको बैठक स्थगित

ओली पक्षकालाई समेत खबर गरी भोलि बिहान बोलाइयो

कैलाली । सुदूरपश्चिम प्रदेशमा एमाले संसदीय दलको बैठक स्थगित भएको छ । माधव पक्षबीच नै मतभेद भएपछि मंगलबार बस्ने भनिएको दलका बैठक स्थगित स्थगित गरिएको हो ।

बुधबार बिहान साढे ८ बजे दलको बैठक बोलाइएको एमाले प्रमुख सचेतक तारालामा तामाङले बताए । उनले बैठकमा एमालेका सबै सदस्यहरूलाई खबर गरिएको जानकारी दिए ।

मंगलबार बोलाइएको बैठकमा ओली पक्षलाई भने खबर गरिएको थिए । बुधबार बिहानको बैठकमा आफूहरूलाई पनि खबर आएको ओली पक्षका सांसदहरूले बताएका छन् ।

भोलि बिहान बैठक बोलाइएको खबर आएको ओली पक्षका सांसद तथा एमाले कैलालीका अध्यक्ष रतन थापाले बताए ।

सोमबार एमालेको स्थायी कमिटीको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । एमालेबाट मन्त्री भएकाहरूलाई २४ घण्टाभित्र फिर्ता हुन निर्देशन जारी गरिएको छ ।

भीम रावलनिकट भएका कारण दलको नेता अहिलेकै सरकारलाई समर्थन दिने मनसायमा रहेको नेपाल समूहकै केही नेताहरू बताउँछन् । तर, केही नेपाल पक्षकै सांसदहरू भने केन्द्रको निर्देशन पालना गर्नुपर्नेमा छन् ।

समसामायिक विषयमा छलफल गर्ने भनेर सांसदहरुलाई बोलाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर