बेलायतले नेपाललाई खोप र स्वास्थ्य सामाग्री सहायता दिने – Nepal Press

बेलायतले नेपाललाई खोप र स्वास्थ्य सामाग्री सहायता दिने

पोखरा र भक्तपुरमा अक्सिजन प्लान्ट जडानको घोषणा

काठमाडौं । बेलायतले कोरोनाभाइरसविरुद्ध नेपाललाई स्वास्थ्य तथा आर्थिक सहायता गर्ने प्रतिबद्धता जनाएको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग बुधबार भर्चुअल संवादका क्रममा बेलायतका कमनवेल्थ तथा दक्षिण एसिया मामिला मन्त्री लर्ड अहमदले उक्त प्रतिबद्धता जनाएका हुन् ।

बेलायती दूतावासका अनुसार खोपको आपूर्ति, आर्थिक सहायता र अत्यावश्यक उपकरणको उपलब्धताबारे संवाद केन्द्रित थियो । साथै बेलायतले थप सहायता पनि नेपाललाई उपलब्ध गराउने मन्त्री अहमदले व्यक्त गरेका थिए ।

दूतावासका अनुसार बेलायतले पोखरा र भक्तपुरस्थित कोरोना उपचार केन्द्रमा आवश्यक अक्सिजन प्लान्ट उपलब्ध गराउने समेत घोषणा गरेको छ । यो क्षमताको अक्सिजन प्लान्टले दैनिक डेढसय जनाको उपचार हुने जनाइएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार भर्चुअल छलफलमा नेपालमा बढ्दो भाइरस संक्रमणलाई रोकथाम गर्नेबारे चर्चा भएको थियो । द्धिपक्षीय सहायताबारे पनि कुरा भएको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर