जसपामा बनेन साझा धारणा – Nepal Press

जसपामा बनेन साझा धारणा

काठमाडौं । नयाँ सरकार गठनका विषयमा साझा धारणा तय गर्न बसेको जनता समाजवादी पार्टी (जसपा) नेपालका शीर्ष नेताहरुको बैठक बिना निष्कर्ष टुंगिएको छ ।

बालकुमारीस्थित केन्द्रीय कार्यालयमा बसेको बैठकमा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराई, वरिष्ठ नेता राजेन्द्र महतो लगायत सहभागि बैठकमा दुवैपक्षले आ-आफ्नो अडान राखेका छन् । यादव समूहले प्रधानमन्त्री केपी शर्मा ओलीको निरन्तरता हुन नहुने भन्दै वैकल्पिक सरकारमा जानुपर्ने बताएको थियो ।

ठाकुरसहितका नेताहरुले भने सरकार निर्माण जसपाको सरोकार नभएको बताएका थिए । बैठकमा सहभागि एक नेताका अनुसार सहमति नजुटेपनि पुनः छलफल गर्ने र एकीकृत धारणा बनाउने विषयमा छलफल सकरात्मक भएको छ । ‘आज एकअर्काको कुरा सुन्ने काम भयो । जसपाको एउटै धारणा बनाउन भोली पनि थप छलफल गर्छौ’, ती नेताले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर