सेनाको हेलिकप्टरबाट रूपन्देहीमा ल्याइयो अक्सिजन – Nepal Press

सेनाको हेलिकप्टरबाट रूपन्देहीमा ल्याइयो अक्सिजन

रुपन्देही । रुपन्देहीमा अक्सिजनको अभावले अस्पतालमा भर्ना भएका संक्रमितका मृत्यु हुन थालेपछि सेनाको हेलिकप्टरबाट अक्सिजन ल्याइएको छ ।

नेपाली सेनाको एमआई ९० हेलिकप्टरबाट ५० थान सिलिण्डर भैरहवा बिमानस्थल आइपुगेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए ।

तामाङले भने- अक्सिजन अभाव भएपछि धेरैको ज्यान जान थाल्यो, रुपन्देहीको उत्पादनले थेगेन त्यसैले तत्काल समस्या समाधानमा लागि ५० थान ल्याई ल्याईएको छ । ल्याईएका अक्सिजन मध्ये भैरहवा स्थीत भिम अस्पताल र लुम्विनी प्रादेशिक अस्पतालमा पठाईने छ ।

अहिले नेपाली सेनाले बाराको सिमराबाट र चितवनबाट ५० थान सिलिण्डर ल्याएको र बिहीबार बिहान २ पटक गरी थप १ सयथान सिलिण्डर ल्यायाईने तामाङले बताए ।

यसका साथै बुटवलबाट पोखरा, चितवन, बिरगन्ज, बिराटनगर लगाएतका स्थानहरुमा खालि सिलिण्डर पठाईएको र ति सिलिण्डरहरु समेत सडकमार्गबाट आउने क्रममा रहेको उनले बताए । रुपन्देहीमा बुधबार मात्रै बुटवलमा ५ र भैरहवामा उपचार गरिरहेका ३ जना कोरोना संक्रमितको समयमै अक्सिजन अभावमा मृत्यु भएको ती अस्पतालले जनाएका छन् । यो समाचार सार्वजनिक भएपछि अर्थमन्त्री विष्णु पौडेलको पहलमा अक्सिजन व्यवस्था गरिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *