संसद बैठकअघि प्रचण्ड र देउवाबीच छलफल – Nepal Press

संसद बैठकअघि प्रचण्ड र देउवाबीच छलफल

काठमाडौं । प्रतिनिधिसभाको विशेष अधिवेशन शुरू हुनुअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सिंहदरबारमा छलफल भएको छ ।

कांग्रेस संसदीय दलको कार्यालयमा भएको छलफलमा आजको संसद बैठक र पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल भएको बताइएको छ । बैठकमा कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँड र माओवादी नेता वर्षमान पुनसमेत सहभागी थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर