सभामुख सापकोटा र देउवा संवैधानिक परिषद् बैठकमा नजाने – Nepal Press

सभामुख सापकोटा र देउवा संवैधानिक परिषद् बैठकमा नजाने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बस्नेगरी बोलाएको संवैधानिक परिषदको बैठकमा सभामुख अग्निप्रसाद सापकोटा र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा सहभागी नहुने भएका छन् ।

संवैधानिक परिषद् सम्बन्धी अध्यादेश र नियुक्तिविरुद्ध सभामुख सापकोटाले दायर गरेको मुद्धा सर्वोच्च अदालतमा विचाराधीन रहेको छ ।

आफैले दायर गरेको मुद्दा किनारा नलागेको अवस्थामा सभामुख सापकोटा परिषद्को बैठकमा सहभागी नहुने सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले बताए ।

‘संवैधानिक परिषद्को आइतबारको बैठकमा सभामुख जाने अवस्थै छैन । सरकारले ल्याएको अध्यादेशविरुद्ध सभामुख आफै अदालत जानुभएकोले परिषदको बैठकमा जानुहुन्न’, न्यौपानेले नेपाल प्रेससँग भने ।

प्रमुख प्रतिपक्षी दलका नेता एवं कांग्रेस सभापति देउवा पनि बैठकमा अनुपस्थित रहनेछन् । कांग्रेस सहमहामन्त्री डा.प्रकाशशरण महतले सरकारले संसद छलेर अध्यादेशबाट शासन चलाउन खोजेको अवस्थामा संवैधानिक परिषद्को बैठकमा जान उपयुक्त नभएको बताए ।

‘हामी संवैधानिक परिषद सम्बन्धी अध्यादेशको खिलाफमा छौं । त्यही अध्यादेशको आधारमा बस्ने बैठकमा सभापतिजी जाने कुरै आउँदैन’, महतले नेपाल प्रेससँग भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर