राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा स्वास्थ्य मापदण्ड पालना गर्न निर्वाचन आयोगको आग्रह – Nepal Press

राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा स्वास्थ्य मापदण्ड पालना गर्न निर्वाचन आयोगको आग्रह

काठमाडौं । बागमती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा स्वास्थ्य मापदण्ड पुर्ण रुपमा पालना गर्न निर्वाचनमा सहभागि हुने सबै दललाई निर्वाचन आयोगले आग्रह गरेको छ ।

आयोगले आज एक विज्ञप्ती जारी गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीलाई आयोगले अनुरोध गर्नुका साथै पत्र पनि पठाएको जनाएको छ ।

आयोगले ति राजनीतिक दललाई उपनिर्वाचन केन्द्रित राजनीतिक गतिविधि एवं क्रियाकलाप गर्दा मानवीय स्वास्थ्यमा पर्न सक्ने असरलाई ध्यान दिई स्वास्थ्य मापदण्ड कडाइकासाथ पालना गरी स्थानीय तहसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको आयोगका प्रवक्ता समेत रहेका सहसचिव राजकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

कोभिड–१९ को संक्रमणको उच्च जोखिम रहेको र काठमाडौं उपत्यका लगायत मुलुकका अधिकांश शहरमा निषेधाज्ञा समेत लागू भइसकेको भन्दै आयोगले राजनीतिक दलको ध्यानाकर्षण गराएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर