भर्याङ बनाउने क्रममा करेन्ट लाग्दा एकको मृत्यु – Nepal Press

भर्याङ बनाउने क्रममा करेन्ट लाग्दा एकको मृत्यु

सुर्खेत । सुर्खेतमा भर्याङ बनाउने क्रममा करेन्ट लाग्दा एक युवकको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कनक शाहीका अनुसार कैलालीको धनगढी उपमहानगरपालिका ७ का १९ वर्षीय विरु चौधरीको मृत्यु भएको हो ।

दिउँसो दुई बजे विरेन्द्रनगर सात कालिन्चोकमा एक व्यक्तिको घरमा भर्याङ्ग जोड्न लागेको समयमा एक्कासी करेन्ट प्रवाह हुदाँ उनको ज्यान गएको हो ।

उनलाई  उपचारका लागि देउती अस्पताल ल्याइएको र अस्पतालले मृत घोषणा गरेको प्रहरी निरीक्षक शाहीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *