अब सर्लाहीमा पनि कोरोना परीक्षण – Nepal Press

अब सर्लाहीमा पनि कोरोना परीक्षण

जनकपुरधाम । प्रदेश २ को सर्लाहीमा पनि आजबाट कोरोना परीक्षण शुरू भएको छ ।

प्रदेश सरकारले खरिद गरेको पीसीआर मेसिन मलंगवा अस्पतालमा जडान भएपछि कोरोना परीक्षण थालिएको हो । सामाजिक विकास मन्त्री नवलकिशोर साहले मेसिनको उद्घाटन गरे ।

साथै नयाँ एम्बुलेन्सको समेत मन्त्री साहले पूजापाठ गरी उद्घाटन गरेका छन् ।

यसअघि नै प्रदेश २ का सात जिल्लामै कोरोना परीक्षण शुरू गरिएको थियो । यसअघि सर्लाहीमा परीक्षण नहुँदा स्वाबको नमूना परीक्षणका लागि वीरगञ्ज र अन्य ठाउँमा पठाउनुपर्ने बाध्यता थियो ।

मन्त्री साहले कोरोना नियन्त्रणका लागि प्रदेश सरकार गम्भीर रहेको बताए । उनले भने, ‘प्रदेश सरकार आवश्यक काम गरिरहेको छ । तर हरेक जनताले पनि स्वास्थ्य मापदण्ड पालना गर्नुपर्छ । अनि मात्र कोरोनालाई भगाउन सक्छौं ।’

उद्घाटन समारोहमा जसपाका संघीय सांसद प्रमोद साह, प्रदेश सांसद निरा साह, जिल्ला समन्वय समितिका सभापति मेथुरप्रसाद चौधरी, मलंगवाका मेयर निरसल साहलगायत उपस्थित थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर