कोरोना परीक्षण गराउन चर्को घाममा घण्टौं लाइन, भीडका कारण जोखिम बढ्दो – Nepal Press

कोरोना परीक्षण गराउन चर्को घाममा घण्टौं लाइन, भीडका कारण जोखिम बढ्दो

जनकपुरधाम । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा कोरोना परीक्षण गराउनेहरुको भीड लागेको छ । भारतबाट फर्केका र कोरोनाको लक्षण देखिएका व्यक्तिहरु कोरोना परीक्षण गराइरहेका छन् । स्वास्थ्य मापदण्ड पूरा नगरी परीक्षण गराउनेको भीडका कारण जोखिम झन् बढेको भन्दै केहीले चिन्ता व्यक्त गरेका छन् ।

कोरोना परीक्षणका लागि चर्को घाममा घण्टौ लाइनमा बसेर स्याब दिनुपर्ने बाध्यता छ । कोठामा स्वाब संकलन गर्दा संक्रमण फैलिने जोखिमका कारण बाहिरै राखेर स्वाब संकलन गर्नुपरेको प्रयोगशालाका स्वास्थ्यकर्मी बताउँछन् ।

चर्को घाममा बाहिरै लाइन लाग्नुपर्दा वृद्धबवद्धालाई बढी सास्ती भएको छ । एक घण्टा लाइन बस्दा बल्ल स्वाब दिन पाएको जनकपुरका एक युवकले बताए ।

स्वाब संकलनका लागि लाइन लाग्ने ठाउँमा कम्तिमा छाना राख्न उनले माग गरे । उनले भने, ‘यहाँ प्रायः वृद्धवृद्धा र विरामी आउँछन् । सरकारको ध्यानाकर्षण होस् ।’

कोरोनाको दोस्रो लहर सुरु भएपछि पीसीआर परीक्षण गराउनेको संख्या बढेको छ । हिजो मात्रै यहाँ १८३ जनाको पिसिआर परीक्षण भयो । जसमध्ये २२ जनामा संक्रमण पुष्टि भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर