मिडियामार्फत् ‘खाए खा नखाए घिच’ शैलीमा कोच्याइएका समस्या

सामाजिक सञ्जाल हेरिरहेकै बेला केही दिनअघि संसद् सचिवालयको युट्युब पेजमा लाइक भएको एउटा दृश्यमा मेरा आँखा पुगे । संसद्मा विशेष समय लिएर विद्वान कहलिएका कांग्रेसका नेता प्रदीप गिरी बोल्दै हुनुहुँदो रहेछ । गिरीले लोकतन्त्र, संवैधानिक व्यवस्था संकटमा परेको, मुलुक बर्बाद भएको अब ‘समस्या समाधान’ गर्न सर्वदलीय सरकार गठन गरी ‘संविधानको रक्षा’ गर्नुपर्ने वताउनुभयो । गिरीजीका कुरा सुन्दा मलाई भने गिरीजस्तै विद्वान कहलिएका नेतालाई मूर्ख बनाएर राजनीतिमा समाधानलाई समस्याको कृत्रिम परिवेश सिर्जना गरिन्छ र नागरीकले सुख पाउने पूर्वाधारहरु निर्माणलाई ‘समस्या’का रुपमा अथ्र्याएर सिद्धान्तको निस्तो पैरवीलाई समाधान भन्दै समाजलाई दिग्भ्रममा राखिन्छ ।

यसै पनि हाम्रो समाज प्रतिक्रियाहरुका पछाडि उद्वेलित भएर दौडिरहेको हुन्छ । कुन तथ्यमा टेकेर वक्ता बोलिरहेको छ, उसको वकालतले के परिणाम खोजिरहेको छ समाज त्यति मतलव गर्दैन ।

प्रदीप गिरीहरु कतिबेला मुलुक गम्भीर संकटको भुमरीमा फसिरहेको वताइरहनु भएको छ भने जतिबेला २८ वर्षदेखि रोकिएको मेलम्ची खानेपानी काठमाडौं उपत्यकाका जनताको घरघरका धारामा झर्न थालेको छ र काकाकुल काठमाडौंका जनता कञ्चन पानी घरघरमा थाप्दैछन् ।

भूकम्पपछि पालमा टाउको लुकाउन वाध्य सात लाख घरपरिवार घर बनाएर घरभित्र बस्न थालेका छन् । मेचीदेखि कालीसम्म जोड्ने सडकहरु फराकिला र खाल्डारहित हुन थालेका छन्, ठूलादेखि साना रंगशालाहरु बनेर मान्छेले सुविधा लिन थालेका छन्, सुरुङमार्ग बन्न थाल्यो, कमिला ओहोरदोहोर गरिरहेको रानीपोखरी चित्ताकर्षक देखिएको छ । हरेक स्थानीय तहमा एक–एकवटा आधारभूत अस्पतालहरु निर्माण थालिए, प्रदेशहरुमा सुविधासम्पन्न अस्पताल र औद्योगिक क्षेत्रहरु निर्माण सुरु भए । यतिबेला प्रदीप गिरिहरुलाई मुलुक अंध्यारो सुरुङ भित्र छिरेको अनुभूति भएको छ । अर्थात् उहाँका निस्ता सैद्धान्तिक बहसहरुमा यी मुलुकका समस्या हुन् ।

अव उहाँले दिनु भएको समाधान के त ? राजनीतिक दलको शीर्ष तहमा रहेका नेताहरुको स्वार्थहरुबीच लेनदेन मिल्नु समाधान हो । कसैलाई कार्यकारी प्रमूखको कुर्सीबाट झार्नु र कसैलाई चढाउनु समाधान हो ।

तीन करोड भन्दा बढी नेपाली नागरिकले शीर्ष नेता मिली आ-आफ्नो स्वार्थ अनुसार बाँडफाँड मिलाएर खाएको देख्न पाउनु समाधान हो । तर, के हामीले यस्ता समाधान दशकौंदेखि देख्दै भोग्दै आएका होइनौं र ?

जबर्जस्त थोपरिएको न्यारेटिभको एउटै सरोकार के हो भने सधैं जनताको अधिकारको फोस्रो पैरवी गरेर जनतालाई नै कङ्गाल बनाउने र गरिवीमाथि कुरौटे राजनीति फस्टाउने प्रवृत्तिलाई हालका प्रधानमन्त्री केपी ओलीको दृढ कार्यान्वयनले रसातल पुर्‍याइदियो ।

मिडियाहरुमा अहिले चल्तीमा रहेकै विद्वानहरुले त्यस्तै समाधानलाई प्राथमिकता दिएर लेखेका लेख र समाचार समाचार पढ्दै तिमी मिलेकोमा हामी खुसी छौं भन्दै आएका होइनौं र ? त्यस्तै समाधानले प्राथमिकता पाउनुपर्ने न्यारेटिभले जनताको जीवनमा प्रभाव पार्ने विकास निर्माणका काम ठप्प भएका होइनन् र ?

हो, निस्तो राजनीतिक गफ दिने विद्वानहरुले ‘काले-काले मिलेर खाउँ भाले’ टाइपको निकासलाई समाधान मान्नु परेकैले हाम्रो दुःख गहिरियो । अनि हामी सत्ता कसले उछिट्यायो, कसले कसलाई लात हान्यो, कसलाई सत्ताको भागमा अन्याय प¥यो भन्ने भाष्यमाथि आफ्नो सम्पूर्ण वौद्धिकता खर्च गर्न थाल्यौं ।

अनि प्रदीप गिरीजीहरुले ‘संविधान रक्षा गर्न’ दिनु भएको विकल्प चाहिँ के रे भने संविधानमै नभएको ‘सर्वदलीय सहमतिको सरकार’ । जनताले मतदानद्वारा नयाँ संसद् चुन्ने हो भने त्यो प्रतिगमन हुन्छ रे, संविधानले कल्पना नगरेको सर्वदलीय सरकार गठन गरे संविधान रक्षा हुन्छ रे । भोलि जनताको जीवनमा ठूला परिवर्तन ल्याउने पूर्वाधार बनाउँदा देश अन्धकारमा जान्छ रे, देशको उज्यालो भनेको सधैं राजनीतिक सिद्धान्तका निस्ता बहसहरु मात्र हुन् रे ।

यसरी जबर्जस्त थोपरिएको न्यारेटिभको एउटै सरोकार के हो भने सधैं जनताको अधिकारको फोस्रो पैरवी गरेर जनतालाई नै कङ्गाल बनाउने र गरिवीमाथि कुरौटे राजनीति फस्टाउने प्रवृत्तिलाई हालका प्रधानमन्त्री केपी ओलीको दृढ कार्यान्वयनले रसातल पुर्‍याइदियो ।

सम्पादकका कुण्ठा, पाठकलाई थोपर्ने ?

शास्त्रको व्याख्यान नै जीवनको परिवर्तन हो भन्दै फोस्रा कुरामा जनता अल्मल्याउने यस्ता बौद्धिक र कामचोर राजनीतिज्ञको साझा दुश्मन नै प्रधानमन्त्री केपी ओली हुन पुगे । आफूले वाचन गरेको लिखित वक्तव्यको अर्थ के हो भन्नेसम्म थाहा नपाउने प्रधानमन्त्रीहरुका सामु महाविद्वान पल्टिन पाएका सम्पादकजीहरुको दुःख अर्कै छ, प्रधानमन्त्री ओली हरेक कुरामा शास्त्रार्थ गर्नुहुन्छ र उनीहरुको वौद्धिक दिवालियापनलाई नाङ्गेझार पार्नुहुन्छ ।

त्यसैले यी सबै पक्षलाई देश जनताको जीवनमा आउने परिवर्तनको कुन दिशामा छ मतलव हुँदैन । यिनीहरुको औंल्याउने समाधान भनेको केपी ओलीको ठाउँमा संवेदनाहीन प्रधानमन्त्री ल्याउनु हो र यिनीहरुले संविधानको रक्षा गर्नु भनेको संविधानले परिकल्पना नै नगरेको सरकार बनाउनु हो ।

जनताको धारामा पानी आउनु, बजारसम्म मालसामना लैजाने सडक बन्नु, गाउँगाउँमा अस्पताल बन्नु, स्कूलहरु बन्नु, भूकम्प र हुरीले घर भत्काएका जनताले घर पाउनु त यिनका लागि देश अंध्यारो सुरुङमा छिर्नु हो ।

अरुलाई सच्याउन हिँड्ने मिडिया आफू सच्चिनु पर्दैन ? समृद्ध देश यसरी बन्दैन भनेर नेतालाई सिकाउने मिडियाले पस्किएको कुण्ठाले देश समृद्ध बन्छ हो ? यो प्रश्न मिडियाका दाई सम्पादकहरुलाई ।

प्रदीप गिरिजीको भाषण शैलीमा जुन मायावी आकर्षण छ, निस्ता सिद्धान्तहरुको भूमिमा गरिवी फूलाउने र त्यसैलाई राजनीतिक लाभ आर्जन गर्ने पसल बनाउने त्यो भन्दा हानीकारक र विषालु नियत छ ।

प्रदीप गिरी प्रतिनिधिपात्र हुन् । मिडियाका सदावहार स्तम्भकार, दशकौंदेखि सम्पादक पदमा रहेर वौद्धिकता छाँटिरहेका मूलधारे मिडियाका केही सम्पादकहरुले अहिले देश संकटमा फसेको निरन्तर ललहरी विलहरी गाइरहेका छन् ।

उनीहरुको ललहरी विलहरी त्यही जनताका सवाल बिर्स, पहिलेकोजस्तै स्वार्थको बाँडफाँट गरेर मिलाएर खाउ, हामी मिलाएर उपलब्धिको चर्चा लेखिदिन्छौं, केही हिस्सा हामीलाई देउ भन्ने भा’को छ । के यो देश बनाउने कुरा हो ?

अझ मिडियामा त उस्तै एउटा विषयमा हर्सोल्लास र अर्को विषय खत्तम भयो भनेर लेखिन्छ । उस्तै घटना या आफ्नो कुण्ठा मिल्ने समुहको त्यही समाचार उल्कै भयो नि भनेर हामीलाई पढाइन्छ ।

त्यसो त त्यस्ता समाचार मुलधारे मिडियाले पाठकलाई दैनिक कोच्याउँछ । केही त्यसका केही दृष्टान्त राख्न उचित ठानेँ । हालैमात्र संजालमा बहस भएको एउटा अनलाइनको समाचार हेरौं है । पहिलो एमालेका फ्लोर-क्रस गर्ने नेताको बारेको समाचारमा यी हुन् एमालेका गेम चेञ्जर सांसद् जसले फ्लोर-क्रस गरे, अनि जसपाका नेता मन्त्री बन्न लागेको सूचनामा उहाँको समाचार छ लुम्बिनीमा जसपाको नौटंकीले काठमाडौंमा तरंग ।

अघिल्लो फ्लोर-क्रस गेम चेञ्ज लाग्यो उहाँलाई । अनि अर्को फ्लोर-क्रस नौटंकी । यो सूचना नभएर उहाँहरुका कुण्ठा जबरजस्त कोच्याइएको अपराध नै हो । केही दिनघि अदालतले गरेको फैसलामा एउटामा अहंकारको अवसान भएको भन्दै हर्सोल्लास, अदालतको जयजयकार गर्दै विशेष सम्पादकीय र अर्कोमा अदालत विकेको भन्दै सामाचार मै रुवाबासी पनि हेर्नुभयो होला ।

अनि संजालमै आएको अर्को समाचार हो अर्को त्यस्तै अनलाइनले छापेको अबको दश वर्षमा पनि बन्दैन धरहरा भन्ने शीर्षकको समाचार । लिङ्क हटाउनु भएको छैन भने यी समाचार तपाईहरु उहाँहरुको साइटमै छिरेर हेर्न सक्नुहुन्छ ।

यसरी मिडियाबाट अहिले सूचनाको नाममा पाठकलाई कुण्ठा कोच्याइन्छ । खाए खा नखाए घिचको अवस्थामा अहिले पाठक मिडियाका भित्तामा आँखा डुलाउन बाध्य छन् । के यही हो समाजमा मिडियाको भूमिका ?

अरुलाई सच्याउन हिँड्ने मिडिया आफू सच्चिनु पर्दैन ? समृद्ध देश यसरी बन्दैन भनेर नेतालाई सिकाउने मिडियाले पस्किएको कुण्ठाले देश समृद्ध बन्छ हो ? यो प्रश्न मिडियाका दाई सम्पादकहरुलाई ।

एकोहोरो शंख फुकाइ

कुण्ठा पस्किने मात्र हो र, बनेको भनेर लेख्ने आँखै बन्द छ उहाँहरुको । मिडियामा देश संकटमा परेको एकोहोरो शंख बजाइरहेका बेला परिदृश्यमा भने यस्तो छः

तत्कालीन राजा महेन्द्रको पालामा महिन्द्र दल बटालियनले २०११ सालमा पोखरादेखि देउरालीको ढुंगागाडेसम्म मोटर बाटो खन्यो । सो बाटो हेर्न अर्को वर्ष राजा महेन्द्र ठूलो टोली लिएर पोखराको सोही ठाउँ पुगे । तर त्यसयता यत्तिका सरकार फेरिँदा ६६ वर्षसम्म पनि कहिल्यै बाटो बनेन ।

१६ किलोमिटर सो सडक अहिले कालोपत्रे भयो । त्यहाँका जनता खुसी भए, तर मिडियामा स्थान पाउने वौद्धिकहरुका नजरमा देश वर्वाद भयो । यो भुकम्प हो र नब्बे सालको भूकम्पले ढलेको गोर्खा दरवार सम्पन्न हुन लाग्यो, धरहरा बन्यो । लौ यो त वर्वाद नै भयो । रंगशाला बन्न तयारी हुन्छ भने सबै खत्तम भएको समाचार बन्छ ।

प्रदीप गिरी स्वयं संसदीय व्यवस्थाका मसिहा हुनुहुन्छ । २०१५ सालमै संसदीय व्यवस्था आयो । ०४६ सालयता फेरी संसदीय व्यवस्था छ । यत्रो वर्षसम्म यो व्यवस्थाको जनक बताउने कांग्रेसले सत्ता चलायो । व्यवस्थाका अरु अवयव त कमजोर बनायो बनायो, यतिका वर्षसम्म एउटा संसद भवन समेत बनाएन ।

आज केपी ओलीले संसदीय व्यवस्था आएको ७० वर्षपछि पहिलो पटक संसद भवन बनाइरहेका छन् । प्रदीप गिरिहरु केही काम गर्दैनन्, काम गर्दा व्यवस्था वर्वाद भयो भन्ने निस्ता भाषण बेच्छन् ।

देशको संकट भनेकै पुष्पकमल दाहाल, माधवकुमार नेपालको पद नपाउनुको संकट वा शेरबहादुर देउवाको संकट हो ? व्यक्तिको स्वार्थलाई यसरी बदनियतसाथ देशको संकटका रुपमा देखाउने वौद्धिक प्रवृत्ति आजको मुख्य समस्या हो । उनीहरुले दिएको समाधान उनीहरुको स्वार्थ हो ।

देशमा सशस्त्र समूहहरुले चलाएका हिंसात्मक गतिविधिहरु निस्तेज भए । विप्लव समूहलाई शान्तिपूर्ण राजनीतिमा ल्याइयो । दिनदहाडै नागरिक मारिने उपक्रम रोकियो । चन्दा आतंकले थला परेका उद्योगहरुले त्राण पाए ।

यसैबेला प्रदीप गिरीहरुले देश संकटमा गएको भाष्य तयार गरे । पृथकतावादको झण्डा उठाइरहेको सीके राउत समूहले देश टुक्र्याउने अभियान चलाएको थियो । उसलाई सरकारले पृथकतावादको बाटो त्याग्न लगायो र संवैधानिक राजनीतिमा ल्यायो । मिडियामा स्थान पाउने विचार निर्माताहरुले फेरि एकोहोरो शंख फुके, देश वर्वाद भयो ।

संसारभर फैलिएको कोभिडको महामारीबीच पनि देशका जुन कुनामा गए पनि नवनिर्माण सुरु भएको छ । तुइन हटाएर झोलुङ्गे पुल बनाइएको होस् वा विद्यालय भवन, स्वास्थ्य चौकी होउन् वा ऐतिहासिक सम्पदा, ती सबै यसैबेला रफ्तारमा बनिरहेका छन् ।

राजमार्ग होउन् वा सदरमुकाम जोड्ने सडक, कृषि उत्पादनलाई वजारसम्म पुर्‍याउने सडक होउन् वा सुनकोसी मरिन डाइभर्सन जस्ता ठूला सिंचाइ परियोजना, यसैबेला निर्माण भइरहेका छन् । यसरी एक दशकमा हुने काम पनि महामारीको संकटबीच एक वर्षमा बनाउनु मामुली कुरा होइनन् ।

भूकम्पले मात्र हैन, माओवादीले भत्काएका ११ सय ८६ गाविस भवन, २५५ स्वास्थ्य केन्द्र, ९२५ वटा विद्यालय, ८३४ सरकारी भवन, २१५ वटा कृषि केन्द्र, ९४७ वटा प्रहरी कार्यालय यसैबीच निर्माण भए । भोलि जनतालाई सुविधा दिलाउने पूर्वाधार यस्तै होइनन् र ? के यी पूर्वाधार बनाउँदा देश संकटमा जान्छ ?

देशको संकट भनेकै पुष्पकमल दाहाल, माधवकुमार नेपालको पद नपाउनुको संकट वा शेरबहादुर देउवाको संकट हो ? व्यक्तिको स्वार्थलाई यसरी बदनियतसाथ देशको संकटका रुपमा देखाउने वौद्धिक प्रवृत्ति आजको मुख्य समस्या हो । उनीहरुले दिएको समाधान उनीहरुको स्वार्थ हो ।

माथिका दृष्टान्तहरुले के वताउँछन् भने मुलधारे मिडियाले प्रवद्र्धन गरेका विचारक, स्तम्भकार, उनीहरुले गरेको एजेण्डा सेटिङको दृष्टिमा प्रधानमन्त्रीको कुर्सीमा शेरबहादुर देउवा वा पुष्पकमल दाहाल हुनु देश समस्या मुक्त हुनु हो । सत्ता भागबण्डाको गोलचक्करबाट मुलुकको ध्यान विकासतिर केन्द्रित गर्नु, थिति बसाल्नु समस्या हो ।

नेपाली सञ्चार जगत प्रपोगान्डाको जगमा उभिएका कारण आज तिनीहरुमाथिको विश्वास मर्दैछ । मिडियाको नेतृत्व अहिले आफ्नै भ्रान्तिको शिकार भएको देखिन्छ, ‘मैले लेखेपछि समाजले हुबहु पत्याउँछ, मैले स्थान दिएको स्तम्भकारको एकोहोरो वकालतलाई स्वीकार गर्छ । तर, समाजमा अभूतपूर्व चेतना देखिन्छ- समस्या तिनीहरुले जे देखाएका छन् त्यो होइन, समस्या तिनीहरुको पूर्वाग्रहसाथ कोच्याएको विचार हो ।

प्रतिक्रिया

9 thoughts on “मिडियामार्फत् ‘खाए खा नखाए घिच’ शैलीमा कोच्याइएका समस्या

  1. सत्य यथार्थ समसामयिक राजनीतिक एवं झुट अफवाह फैलाउने कुतर्कहरु को पर्दाफास!

    1. बिनु पोख्रेलले सहि कुर लेखनु भयो यी झोले पत्रकार सम्पदक आफै जान्ने सुन्ने मै ठुलो मान्छे हु भन्ने ठान्नु गलत हो। देशमा यत्रो बिकास भएको छ। त्यो समाचार बन्दैनन। प्रचण्ड माकुनेले पद्कोको लागि मिडिया क्यम्पिङ गरेर ओलिको बिरोध मात्र गर्छन ।यीको दिमागमा कहिले बिकास र योजनाको कुरा आउदैन। खाली मान सम्मान हाता हाति नगदको कुरा मात्रै गर्छन।

      1. यस्ता कडा भक्तहरु कसरी उत्पादन हुन्छन् ? ३० वर्षसम्म बन्न नसकेको मेलम्ची मानौकी ३ महिनामा तयार भयो । ओलीको निर्वाचन नै मेलम्ची, रानिपोखरी र धरहरा निर्माण गर्न भएको थियो ।

        कोभिडको लकडाउनमा हजारौ मजदुरहरु ताप्लेजंगदेखि क्न्चनपुरसम्म भोकभोकै हिडेर यात्रागर्न बाध्य पारिएको विर्सिन्छन् । कोरेन्टाईनका शिविरहरुमा भएको जनताको अपमान विर्सिन्छन् ।
        राज्यका संस्थाहरुलाई बलियो बनाउने सरकारले के के गर्यो भनेर हेर्न यिनिहरु चाहदैनन् । महंगी नियन्त्रण र बजार नियमनमा के गर्यो भन्ने यिनिहरु सम्झन चाहदैनन् । समाजवादी सरकारले शिक्षा र स्वास्थ्यलाई राष्ट्रुयकरण गर्न के पाईला चाल्यो भनेर यिनिहरु खोज्दैनन् ।
        कर्मचारी र मजदुरहरुले नियमित कार्यसम्पादको रिजल्टलाई प्रधानमन्त्रीले गरेको युगान्तकारी परिवर्तन भन्दै भजन गर्छन् 😀

  2. त्यहि भएर म मुलधारे प्रोपागाण्डे समाचार मात्रै हेर्दिन ।

  3. MCC agreement gare yeta bhayeka j jati lut pani Baa ko taukama halna ber xaina tyo pani ahile hisab dekhayera ani mcc agadi badhauna sujhav xa

  4. यथार्थ बिश्लेषण, म पनि आम सर्वसाधारण जनता हुँ , ऐले म यिनिहरूको समाचार हेरेर दृष्टिकोण वनाउन छोडिसके अव विस्तारै अरूलेपनि सुरू गर्नुहुनेछ

  5. हो , केही मिडियाहरुले देश बर्बाद भयो भनेर जनतामा भ्रम छरेको देख्दा यस्ता लेख र समाचारले मन खिन्न बनाउछन ।बिकासका काम हरु तिब्र गतिले अघि बढ्दैछन त्यो नदेख्ने मिडिया हरु देशका लागि घातक औजार हुन् ।तपाईंले सहि विश्लेषण गरेर जुन कुरा पस्कनु भयो यसले जनतामा पारिएको दिग्भ्रम हटेर जानेछ भन्ने बिश्वास गर्दछु ।यथार्थ कुरा राखेर सुसुचित गराउनु भएकोमा धेरै धन्यवाद ।

  6. सडक, बिजुली,खानेपानी बिकासका पुर्वाधार मात्र हुन,बिकास होईनन्। धरहरा,रानिपोखरि, मठमन्दिर, देवलहरू मुलुकको पहिचानका धरोहरहरू हुन यीनीहरूको संरक्षणलाई पनि विकास भएको भन्न सकिन्छ जस्तो लाग्दैन। राष्ट्र भनेको सिमाना मात्र होईन, जनताले गुण स्तरीय जीवन व्यतित गर्न पाउने अवस्थाको निर्माण गर्न कस्ता किसिमका पद्धति , नीति तथा कायर्क्रमहरू तर्जुमा गरी के कति कार्यान्वयन भए? के कति कार्यान्वयन गर्ने, गराउने काम बाँकी छन्? सो को जानकारि पनि पाउने खालको लेखको अपेक्षा राख्दछौँ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *