स्थानीयको विरोधपछि झोलुङ्गे पुलको कर संकलन स्थगित – Nepal Press

स्थानीयको विरोधपछि झोलुङ्गे पुलको कर संकलन स्थगित

बागलुङ । स्थानीयको विरोधपछि बागलुङ नगरपालिकाले झोलुङ्गे पुलको कर संकलन स्थगित गरेको छ ।

नगरपालिकाले आज एक सूचना जारी गरी बाङ्गेचौर-अदुवाबारी जोड्ने झोलुङ्गे पुल प्रयोग गरेवापतको कर संकलन स्थगित गरेको हो ।

पुलमार्फत ओहरदोहर गर्ने कर तिर्नु पर्ने भएपछि सामाजिक सञ्जालमा नगरपालिकाको आलोचना भएको थियो ।

नगरपालिकाले मङ्गलबारदेखि लागू हुनेगरी ज्येष्ठ नागरिक, अपाङ्गता भएका र विद्यार्थीलाई प्रतिव्यक्ति रु १० र अन्य व्यक्तिलाई २० रूपैयाँ कर उठाउन थालेको थियो ।

स‌ंघीय सरकारले निर्माण गरेको ५६७ मिटर लामो उक्त पुलमा पूर्वाधार उपयोग कर अर्को व्यवस्था नभएसम्मको लागि स्थगित गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर