निर्वाचन आयोगमा माधव पक्षको माग- एमाले हामी चलाउछौं, सूर्य चिन्ह देऊ (पूर्णपाठ) – Nepal Press

निर्वाचन आयोगमा माधव पक्षको माग- एमाले हामी चलाउछौं, सूर्य चिन्ह देऊ (पूर्णपाठ)

नेकपाकालमा प्रचण्ड–माधवले समातेकै दफा ४३ र ४४ बमोजिम एमालेको आधिकारिकता माग

काठमाडौं। नेकपा एमालेको आधिकारिकता दावी गर्दै माधव नेपाल पक्ष निर्वाचन आयोगमा गएको छ।

आइतबार नेपाल पक्षीय नेताहरु राजेन्द्र पाण्डे र बेदुराम भुसाल आयोगमा गएर राजनीतिक दल सम्बन्धी ऐनको दफा ४३ को (ख) र (ग) र ४४ को (१) अनुसार कारवाही प्रक्रिया अघि बढाउन लिखित निवेदन दिएका छन्।

दफा ४३ को (ख) मा दलको छाप, विधान, झण्डा वा चिन्हबारे उल्लेख गरिएको छ। त्यस्तै (ग) केन्द्रीय समितिका निर्णयको अधिकारिकताबारे उल्लेख छ।

दफा ४४ (१) मा दलको छाप, विधान, चिन्ह र केन्द्रीय समितिले गरेका निर्णयको आधिकारिकता विवाद टुंग्याउनेबारे उल्लेख छ।

तत्कालीन नेकपामा पनि प्रचण्ड–माधव पक्ष यिनै दफाहरु उल्लेख गरेर निर्वाचन आयोगमा निवेदन दिन गएको थियो। निवेदनमा नेकपाको नाम, सूर्य चिन्ह लगायतको आधिकारिकता आफूहरुले पाउनुपर्ने दावी प्रचण्ड–माधव पक्षले गरेका थिए।

अध्यक्षद्वयको हस्ताक्षर नभएको भन्दै उक्त निवेदनलाई निर्वाचन आयोगले ५ पुस यताका कुनै पनि गतिविधि अमान्य घोषित गरेको थियो।


प्रतिक्रिया

One thought on “निर्वाचन आयोगमा माधव पक्षको माग- एमाले हामी चलाउछौं, सूर्य चिन्ह देऊ (पूर्णपाठ)

  1. महाधिवेशनबाट निर्वाचित अध्यक्षलाई कम्तीमा एक कार्यकाल कुरेर सहयोग गर्न नसक्ने सठहरु महान तथा गौरवशाली पार्टीका सुप्रिम कमान्डरकोमा गए हुन्छ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर