एनआरएन डेभलपमेन्ट फन्डको अध्यक्षमा महतो चयन – Nepal Press

एनआरएन डेभलपमेन्ट फन्डको अध्यक्षमा महतो चयन

काठमाडौं । गैरआवसीय नेपाली संघ (एनआरएन)को लगानी रहेको एनआरएन डेभलपमेन्ट फन्डको अध्यक्षमा उपेन्द्र महतो चयन भएका छन् । महतो गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष समेत हुन् ।

उक्त फण्डको प्रमुख कार्यकारी अधिकृतमा अनलराज भट्टराई नियुक्त भएका छन् । अनलराज भट्टराइ वित्त क्षेत्रका जानकार मानिन्छन् भने महतोसंग व्यावसायिक अनुभव छ । उनीहरुको उपस्थितिले फण्ड विश्वभरीका गैरआवासीय नेपालीको लगानीलाई उच्चतम प्रतिफल दिने कम्पनीका रुपमा स्थापित हुने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर