आज मन्त्रिपरिषद् बैठक, संसद बैठक बोलाउन सिफारिस गर्न सक्ने – Nepal Press

आज मन्त्रिपरिषद् बैठक, संसद बैठक बोलाउन सिफारिस गर्न सक्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजे बैठक डाकिएको हो । प्रतिनिधिसभा पुन:स्थापना गर्ने सर्वोच्चको फैसलापछि पहिलोपटक मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।

मंगलबारको फैसलामा १३ दिनभित्र संसद बैठक बोलाउन सर्वोच्चले परमादेश जारी गरेको अवस्थामा आज बस्ने मन्त्रिपरिषद् बैठकले संसद बैठक आव्हानको लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सम्भावना छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर