सात अर्बको लगानीमा बन्ने मयूरधाप औद्योगिक क्षेत्रको शिलान्यास हुँदै – Nepal Press

सात अर्बको लगानीमा बन्ने मयूरधाप औद्योगिक क्षेत्रको शिलान्यास हुँदै

काठमाडौं । लामो समयदेखि शिलन्यासको पर्खाइमा रहेको हेटौडास्थित मयूरधाप औद्योगिक क्षेत्रको फागुन १४ गते शिलान्यास हुने भएको छ । नेपाल सरकारले २०७२ चैत १ गते मयूरधापलाई औद्योगिक क्षेत्रका रुपमा घोषणा गरेको थियो ।

मयूरधापको क्षेत्र करीब २०० बिघा रहेको सरकारी जग्गामा सङ्घीय सरकारले मयूरधाप औद्योगिक क्षेत्रलाई छुट्याइएको थियो । मयूरधाप औद्योगिक क्षेत्रभित्र २०७५ कात्तिक ५ गतेदेखि परियोजना कार्यालयको स्थापना गरिएको बताइएको छ ।

औद्योगिक क्षेत्रको परिसरमा ६२ वटा औद्योगिक प्लट छुट्याइएको छ । छुट्याइएको सो प्रत्येक प्लटमा क्रमशः ७ देखि १४ रोपनीसम्मको जग्गालाई विभाजन गरिएको छ ।

यसैगरी सो औद्योगिक क्षेत्रमा सङ्घीय सरकारको निर्णयअनुसार सुरक्षण मुद्रण विभागलाई २५० रोपनी जग्गा उपलब्ध गराइसकिएको पनि हेटौँडा औद्योगिक क्षेत्रका प्रबन्धक राजेन्द्रप्रसाद कँडेलले बताए ।

उनका अनुसार उल्लिखित विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) अनुसारको पूर्वाधार निर्माणका लागि करीब सात अर्ब दुई करोड ३४ लाख रकम सरकारको लगानी हुने भएको जानकारी दिए ।

मयूरधाप औद्योगिक क्षेत्रमा स्थापना हुने विभिन्न उद्योगमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करीब २० हजारले रोजगारीको प्राप्त गर्ने बताइएको छ ।

सङ्घीय सरकारद्वारा हालै सरकारी जग्गा यस औद्योगिक क्षेत्रको नाममा दर्ता गरेर लालपुर्जा तयार गरी जग्गाको स्वामित्व पनि हस्तान्तरण गरिसकिएको र सो जग्गाको चारैतर्फ कम्पाउण्डले घेरिएको हेटौँडा औद्योगिक क्षेत्रका सूचना अधिकारी राजेन्द्र श्रेष्ठले बताए ।

हेटौँडा बजारबाट दक्षिणतर्फ रहेको मयूरधाप औद्योगिक क्षेत्र करीब पाँच किलोमिटर टाढा रहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *