कर्णाली उत्सव फागुन २६ देखि, ६० जना वक्ता – Nepal Press

कर्णाली उत्सव फागुन २६ देखि, ६० जना वक्ता

सुर्खेत । कर्णाली उत्सव ‘कुडा कर्णालीका’को दोश्रो संस्करण फागुन २६ देखि २९ गतेसम्म कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित वुलवुले उद्यानमा हुने भएको छ ।

ऋति फाउण्डेशनले कर्णाली प्रदेशका विभिन्न तहका सरकार र संघ संस्थासँगको समन्वयमा आयोजना गर्ने उत्सवको उद्घाटन फागुन २६ गते २ बजे हुनेछ । फागुन २७ देखि २९ सम्म तीन दिन १४ वटा सत्रमा ६० जना वक्तासँग अन्तक्रिया हुनेछ ।

उत्सवको तीन दिनमा फरक सन्दर्भमा रहेर छलफल हुनेछ । पहिलो दिन ‘हाम्मो मान्नवी’ अन्र्तगत विभिन्न ५ वटा सामाजिक विषयमा छलफल हुनेछ । त्यसदिन छाउ र भाउ सत्रमा लेखक तथा अभियान्ता राधा पौडेल, राजनीतिकर्मी एवं अभियान्ता विन्दा पाण्डे , वालरोग विशेषज्ञ नवराज केसिसँग लेखक वसन्ती शाहीले छलफल गर्नेछिन् । त्यस्तै ‘बाडो, थाडो र ओटालो’ सत्रमा पत्रकार दिपा दाहालले छक्कवहादुर लामा, गोविन्द नेपाली र डा. टिकाराम गौतमसँग छलफल गर्नेछिन् ।

‘आम्नै कथा आम्नै बान्की’ सत्रमा रंगकर्मी हिरा विजुली नेपाली, साहित्यकार वुद्धिसागर र देउडा गायक नन्दकृष्ण उपाध्यायसँग कुन्साङले छलफल गर्ने कर्णाली उत्सवका कार्यकारी निर्देशक दिनेश गौतमले जानकारी ।

उत्सवको दोश्रो दिन अर्थ राजनीतिक विषयमा ५ वटा सत्रमा छलफल हुनेछ भने तेश्रो दिन नेतृत्वसँग जोडिएका ४ वटा सत्रमा छलफल हुने उत्सव आयोजक समितिका संयोजक कमलराज लम्सालले वताए । उत्सवको अन्तिम दिन कर्णाली प्रदेशका मुख्यमन्त्री र प्रदेश नम्बर २ का मुख्यमन्त्री विच ‘मुख्य मान्ठ मुल कुडा’ सत्रमा पत्रकार दिलभुषण पाठकले छलफल गर्नेछन् ।

उत्सवको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले गर्नेछन् । उद्घाटन समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा.डा जगत प्रसाद उपाध्यायले कर्णाली चिनाउने ‘योगी’ शिर्षकमा विद्धत प्रवचन दिनेछन् ।

कर्णाली उत्सव कुडा कर्णालीका, २०७७
प्रस्तावित सेसन, वक्ता, सन्चालक र विषयवस्तु

२०७७ फागुन २७ गते विहीवार

दिनको थिम- हाम्मो मान्नवी
सत्र १ः छाउ र भाउ
वक्ताहरुः राधा पौडेल, लेखक
विन्दा पाण्डे, राजनीतिकर्मी
डा. नवराज केसी, स्वास्थ्यकर्मी
सन्चालकः वसन्ती शाही, लेखक

सत्र २ः बाडो, थाडो र ओटालो
वक्ताहरुः छक्कबहादुर लामा
गोविन्द नेपाली, जुम्ला
डा. टिकाराम गौतम
सञ्चालकः दीपा दाहाल, सञ्चारकर्मी

सत्र ३ः आम्नै कथा, आम्नै बान्की
वक्ताहरुः हिरा विजुली नेपाली, रंगकर्मी
नन्दसिंह उपाध्याय, देउडा गायक
बुद्धिसागर, लेखक
सन्चालकः कुन्सागं

सत्र ४ः महामारी र हाम्रो तयारी
वक्ताहरुः गगनकुमार थापा, पुर्व स्वास्थ्यमन्त्री
डा. सुरेश तिवारी, जनस्वास्थ्यविद्
सन्चालकः माधव चौलागाईँ, जनस्वास्थ्यविद्

सत्र ५ः हाटजान्या, भोट जान्या
वक्ताहरुः राजवहादुर शाही, सभामुख
धनराम बुढाथोकी, हटारु
जनक राई, मानवशास्त्री
सञ्चालकः नगेन्द्र उपाध्याय, सञ्चारकर्मी

गजल सन्ध्या
सञ्चालक- अच्युत घिमिरे बुलबुल

२०७७ फागुन २८ गते शुक्रवार

दिनको थिम- सुर्के थैली

सत्र ६ः कर्णाली घुमाउटो पड्यो
वक्ताहरुः विमला पौडेल रार्ई, सदस्य , राष्ट्रिय सभा ।
मीनवहादुर शाही, सदस्य, रा. योजना आयोग
डा. सर्वराज खड्काृ, उपाध्यक्ष, कर्णाली योजना आयोग
सञ्चालकः मनिष झा

सत्र ७ः पढ्नु पड्डोछः साक्षर शिक्षित र प्राज्ञिक कर्णाली
वक्ताहरुः प्रा.डानन्दवहादुर सिंह, उपकुलपति मप
मिलन पाण्डे, राजनीतिज्ञ
सञ्चालकः राजेन्द्र बानिया, सञ्चारकर्मी

सत्र ८ः प्रांगारिक प्रयास
वक्ताहरुः राजेन्द्र प्रसाद मिश्र, सचिव कृषि
मोहनदेव जोशी, सचिव पर्यटन
रामकृष्ण बुढथापा, जुम्ला
पदम व. शाही, अध्यक्ष उवासंघ कर्णाली
सञ्चालकः शौरभ ढकाल

सत्र ९ः पुईंसाका कुडा
वक्ताहरुः महाप्रसाद अधिकारी, गर्भनर
किरणकुमार श्रेष्ठ, सिइओ, राष्ट्रिय वाणिज्य वैंक लिमिटेड
अशोक शेरचन, सिइयो, प्रभु वैंक लिमिटेड
सुवास शर्मा ः सिइओ एफवान सफ्ट
सञ्चालकः टिकाराम यात्री, सञ्चारकर्मी

सत्र १०ः कर्णालीमा लगानी
वक्ताहरुः घनश्याम उपाध्याय, सचिव, आर्थिक मामिला मन्त्रालय
शेखर गोल्छा, अध्यक्ष उवासंघ नेपाल
मोहनमाया ढकाल, उपमेयर, वीरेन्द्रनगर नगरपालिका
सञ्चालकः गणेश आचार्य

कविता साँझ
कवि नवराज पराजुली सहित कविहरु
सन्चालकः देवकी तिमिल्सेना

२०७७ फागुन २९ गते शनिवार

दिनको थिम- कैथा नेता, कैथो नेतृत्व

सत्र ११ः पश्चिममा प्रशासकः पश्चिमका प्रशासक
वक्ताहरुः केवलप्रसाद भण्डारी, पुर्व प्रमुख सचिव कर्णाली प्रदेश सरकार
कृष्णराज विसि, पुर्व सचिव, नेपाल सरकार
टिकाराम ढकाल, प्रप्रअ वीनपा सुर्खेत
दुर्गा बञ्जाडे, पुर्व प्रजिअ, जुम्ला
सञ्चालकः रुपेश श्रेष्ठ ,सञ्चारकर्मी

सत्र १२ः सरकारी गैरसरकारी
वक्ताहरुः दल रावल, सामाजिक विकास मन्त्री, कर्णाली प्रदेश
दिपेन्द्र झा, मुख्य न्यायाधिवक्ता, प्रदेश नं २
सुमित्रा शर्मा, उपाध्यक्ष, गैसस महासंघ
दिपेन्द्र चौलागाईँ निर्देशक , समृद्धी फाउण्डेशन्
सञ्चालक- प्रकाश लामिछाने, सन्चारकर्मी

सत्र १४ः लोकतन्त्रको लय
वक्ताहरुः अमित ढकाल, प्रधानसम्पादक, सेतोपाटी
संजिव उप्रेती, प्रोफेसर
रिता परियार, अभियान्ता
सन्चालकः सरोजराज अधिकारी, सञ्चारकर्मी

सत्र १४ः मुख्य मान्ठ, मुल कुडा
वक्ताहरुः महेन्द्रवहादुर शाही , मुख्यमन्त्री कर्णाली
लालवावु राउत, मुख्यमन्त्री, २ नं प्रदेश
सञ्चालकः दिलभुषण पाठक, सञ्चारकर्मी

समापन


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर