कांग्रेस कार्यसमिति बैठक शुरु, महाधिवेशनको प्रस्तावित मितिमाथि छलफल – Nepal Press

कांग्रेस कार्यसमिति बैठक शुरु, महाधिवेशनको प्रस्तावित मितिमाथि छलफल

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको वैठक शुरु भएको छ । बैठकमा सभापति शेरबहादुर देउवाको निर्देशनमा महामन्त्री पूर्णबहादुर खड्काले भदौ ७–१० मा महाधिवेशन गर्ने औपचारिक प्रस्ताव पेश गरेका छन् ।

कार्यसमिति वैठक शुरु हुनुअघि पदाधिकारी तथा शीर्ष नेताबीच महाधिवेशनको नयाँ मितिबारे सहमति भएको थियो । त्यसैअनुसार खड्काले प्रस्ताव राखेका हुन् । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले बोलेका छन्।

आगामी जेठ मसान्तसम्म क्रियाशील सदस्यताको अन्तिम टुंगो लगाइने भएको छ । केन्द्रीय कार्यसमितिको म्याद ६ महिना थप गर्ने सहमति पनि नेताहरुबीच भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर