प्रधानमन्त्रीद्धारा लुम्बिनी केबलकार शिलान्यास, पूर्वाधारमा सरकारले लगानी गरिदिने – Nepal Press

प्रधानमन्त्रीद्धारा लुम्बिनी केबलकार शिलान्यास, पूर्वाधारमा सरकारले लगानी गरिदिने

बुटवल –प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बुटवलमा लुम्बिनी केबलकारको शिलान्यास गरेका छन् ।

बुटवल उपमहानगरपालिका- ३, बमघाटमा तल्लो स्टेसन रहने लुम्बिनी केबुलकार पाल्पा जिल्लाको तिनाउ गाउँपालिकास्थित बसन्तपुर डाँडासम्म गरी कुल तीन किलोमिटर लामो हुने छ ।

यसबाट १० मिनेटको यात्रामा तराई, पहाड तथा हिमाली भूभागको दृश्यावलोकन गर्न सकिनेछ । लुम्बिनी प्रदेशकै आर्थिक केन्द्र तथा बुद्ध जन्मथलो नजिक हुने यो केबलकारले मुलुकको आन्तरिक तथा वाह्य पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।

शिलान्यास समारोहलाई सम्बोधन गर्दै ओलीले कोभिड–१९ महामारीले प्रभावित पर्यटन क्षेत्रलाई उकास्न लुम्बनी केबुलकार महत्वपूर्ण योजना बन्ने विश्वास व्यक्त गरे ।

लुम्बिनी क्षेत्रमा आदिमानव रामापिथेकसको अवशेष फेला परेको र कपिल मनु, गौतम बुद्ध, योगका प्रवर्तक पतञ्जली, संस्कृत व्याकरण निर्माता पाणिनि जस्ता ऋषिहरुको थलो भएको पनि उनले स्मरण गरे ।

‘सरकारले पुर्वाधारमा लगानी गरिदिन्छ’, प्रधानमन्त्रीको भनाई छ । साथै प्रधानमन्त्रीले अबको एक वर्ष सम्ममा केबुलकार सञ्चालनमा आउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लुिम्बनी क्षेत्रको पर्यटनलाई उकास्न केबुलकार सफल परियोजना बन्ने विचार व्यक्त गरे । प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले केबुलकार व्यवसायिक दृष्टिलेसमेत उपयोगी परियोजना बन्ने देखिएको भन्दै यसले सम्मृद्धि प्राप्तिमा बहुआयामिक योगदान गर्न सक्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *