नर्दन वारियर्सले दोस्रोपटक जित्यो टी-१० क्रिकेटको उपाधि – Nepal Press

नर्दन वारियर्सले दोस्रोपटक जित्यो टी-१० क्रिकेटको उपाधि

काठमाडाैं । चार नेपाली खेलाडीसमेत सहभागी आबुधावी टी-१० को उपाधि नर्दन वारियर्सले जितेको छ । निकोलस पुरनको टिम प्रतियोगिताका ४ संस्करणमा दोस्रोपटक विजेता बनेको हो ।

शनिबार राति भएको खेलमा वारियर्सले दिल्ली बुल्सविरुद्ध ८ विकेटको सहज जित हात पार्‍यो । पहिलो ब्याटिङ गर्दै दिल्ली बुल्सले ९ विकटको क्षतिमा ८१ रन मात्रै जोड्न सकेको थियो । दिल्लीलाई सस्तैमा समेट्ने क्रममा महिश थिकसानाले तीन विकेट लिएका थिए ।

दिल्लीका लागि अफगानी अलराउन्डर मोहम्मद नादीले १० रनमा सर्वाधिक २१ रन जोडे । अन्यले गतिलो योगदान दिन सकेनन् । दिल्ली बुल्सका कप्तान ड्वेन ब्राभो शून्यमा आउट भए ।

वारियर्सले ८.२ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको हो । दिल्लीले खराब बलिङ गर्दै १६ अतिरिक्त रन दिएपछि वारियर्सलाई लक्ष्य भेट्टाउन सहज भएको हो ।

खेलपछि प्रतिक्रिया दिँदै वारियर्सका वेस्ट इन्डियन कप्तान पुरनले भने, ‘मलाई लाग्छ, आज दिल्ली बुल्सभन्दा जितका लागि हामी बढी हकदार थियौं ।’

आवुधावि टी-१०मा नेपालका पारस खड्का, करण केसी, सोमपाल कामी र कुशल मल्ल सहभागी थिए । उनीहरुको टिम फाइनलमा पुग्न सकेन । कुशल मल्ल अनुबन्धित टिम आबुधावी भने प्रतियाेगितामा तेस्राे भयाे । याे टिममा पारस खड्काकाे जिम्मेबारी युवा प्रतिभा मार्गदर्शकका रुपमा थियाे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *