प्रचण्डले भने : माधव नेपाल र मेरो पञ्चायतकालदेखि नै सहकार्य – Nepal Press

प्रचण्डले भने : माधव नेपाल र मेरो पञ्चायतकालदेखि नै सहकार्य

धनगढी -नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष माधव नेपालसँग आफ्नो पञ्चायतकालदेखि नै सहकार्य हुँदै आएको बताएका छन् । माओवादी जनयुद्धका क्रममा पनि आफूहरुबीच भूमिगत रुपमा देश तथा विदेशमा भेट र छलफल हुने गरेको उनको भनाइ छ ।

आफ्नो समूहको धनगढीमा आयोजित भेलामा बोल्दै प्रचण्डले भने, ‘तपाईंहरुलाई लाग्दो हो, कमरेड माधव र तपाईंहरुको भर्खरै चिनजान भएको हो कि । त्यस्तो होइन । हामी ४० वर्षदेखि सँगै छौं । पञ्चायतविरोधी लडाईंमा पनि हामी सँगै थियौं ।’

प्रचण्डले थपे, ‘मैले जनयुद्धको नेतृत्व गर्दै गर्दा हाम्रो भेट हुँदैनथ्यो भन्ने लाग्या भए त्यो पनि सत्य होइन । सबैभन्दा धेरै अन्तरक्रिया र छलफल हामीबीच नै हुन्थ्याे । हामीले कहिले देशभित्र र कहिले विदेशमा भूमिगत रुपमा भेटेर लगातार छलफल गर्थ्यौंं ।’

उनले केपी ओलीको समूहमा लागेर गल्ति भएको महसुस गर्नेहरुलाई फेरि स्वागत गर्न तयार रहेको बताए । ‘भ्रममा परेर जानेहरुलाई फेरि स्वागत गर्न तयार छौं । होइन, यति सति नै जाने हो भने विचरा गए भन्नुपर्ने हुन्छ । केपी ओलीसँगै स्वाहा हुने मन त भने त्यतै बस्नुस । केपी ओली कुसन्तान भएर बिएि भनेर धेरै चिन्ता नगर्नुस । सुध्रिन्छन् कि भन्ने भ्रम भए कोशिष गर्नुस । तर बालुवा पेलेर तेल निस्किँदैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर