कांग्रेसको १५ वर्षे खाका कोर्दै विश्वप्रकाश – Nepal Press

कांग्रेसको १५ वर्षे खाका कोर्दै विश्वप्रकाश

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अबको १५ वर्षको ‘कांग्रेस र देशको’ परिकल्पना तयार गर्ने भएका छन् ।

कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभागले संयोजक शर्मालाई अबको डेढ दशकको कांग्रेसको परिकल्पनाबारे खाका बनाउने जिम्मेवारी दिएको हो । प्रचार विभागको पुस २१ र २२ गतेको बैठकको निर्णयअनुसार शर्माले कांग्रेसको खाका लेख्न थालेका हुन् । विभागद्वारा जारी विज्ञप्तीमा प्रचार विभागको दोस्रो पूर्ण बैठकका निर्णयहरु मंगलबारदेखि कार्यान्वयन सुरु गरिएको उल्लेख छ ।

विभागले पार्टी सत्तामा रहँदा गरेका राम्रा काम, कमजोरी, कांग्रेस नेतृत्वमा भएका आर्थिक उपलब्धी लगायतका विषयमा अध्ययन गर्न कार्यदल समेत बनाएको छ । कांग्रेसले शासन सम्हालेका समयमा भएका कमी कमजोरी अध्ययन गर्न डा।सुरेश आचार्यको संयोजकत्वमा अध्ययन कार्यदल बनाइएको छ । त्यस्तै कांग्रेसको नेतृत्वमा भएका राजनीतिक र सामाजिक उपलब्धी अध्ययन गर्न रामचन्द्र घिमिरेको संयोजकत्वमा कार्यदल गठन गरिएको छ ।

विभागका सचिव दिनेश थापा मगरद्वारा जारी विज्ञप्तीमा कांग्रेसको नीति र नेतृत्वमा हासिल भएका आर्थिक उपलब्धी अध्ययन गर्न डा। सञ्जय महतोको संयोजकत्वमा कार्यदल बनाइएको छ । प्रचार विभागले गोपाल कुमार झाको संयोजकत्वमा कम्युनिष्ट सरकारको भनाइ र गराइको अध्ययन कार्यदल समेत बनाएको छ ।

बैठकले पार्टीका गतिविधिहरुको प्रचार अभियानलाई प्रविधि मैत्री बनाउने, वेवसाइट परिष्कृत गर्ने र फागुन ७ गते प्रजातन्त्र दिवसको दिन पार्टीको मोबाइल एप सार्वजनिक गर्ने निर्णय समेत गरेको छ ।


प्रतिक्रिया

One thought on “कांग्रेसको १५ वर्षे खाका कोर्दै विश्वप्रकाश

Leave a Reply to Rajkumar meche Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर